back
CTIZAN AD

केन्द्रीय समिति बैठक बोलाउन नेकपाका नेताहरुले जुटाए हस्ताक्षर

वि.सं.२०७७ साउन १२ सोमवार

720 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्र किचलो बढ्दै गएका बेला केन्द्रीय समितिका एक चौथाई सदस्यहरुले केन्द्रीय समितिको बैठक बोलाउन हस्ताक्षर संकलन गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन गरेका हुन् ।

नेकपा केन्द्रीय सदस्य ठाकुर गैह्रेले जानकारी दिएअनुसार पार्टी विवादको निकास खोज्न हस्ताक्षर संकलन गरिएको हो । केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर पर्याप्त संकलन भईसकेको उनले जनाए ।

‘हामी स्थायी समितिको निर्णयको प्रतिक्षामा छौं, स्थायी समितिबाटै निकास होस् भन्ने हाम्रो चाहना हो तर, अवस्था सहज देखिएको छैन्’, नेता गैह्रेले भने, ‘विवादको निकास खोज्नैपर्छ, त्यसैको लागि हस्ताक्षर जुटाइएको हो ।’

उनले जनाएअनुसार मंगलबारको स्थायी समिति बैठकले निर्णय नलिए बैठक बोलाउन जुटाइएको हस्ताक्षरको प्रयोग हुनेछ ।

हाल नेकपाको केन्द्रीय कमिटी ४ सय ४४ जनाको छ । केन्द्रीय कमिटी बैठक बोलाउन एक चौथाई अर्थात् १ सय १२ जना सदस्यको हस्ताक्षर आवश्यक रहन्छ । नेकपाको विधानमा एक चौथाई सदस्यले हस्ताक्षरमार्फत बैठकको माग गरेमा बैठक एक महिनाभित्र बोलाउनु पर्ने बाध्यकारी व्यवस्था छ ।

नेकपाभित्र विवाद बढ्दै जाँदा ठाकुर गैह्रे, रामकुमारी झांर्की, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडालगायतका नेताहरुले पार्टी कार्यालयमा धर्ना तथा विवादको समाधानका लागि शीर्ष नेताहरुलाई दबाब दिने कार्यक्रम गरिरहेका छन् ।

असार १८ देखि लगातार बैठक स्थगित

गत असार १० देखि सुरु स्थायी समिति बैठकमा दुई तिहाई सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेसँगै नेकपाभित्र विवाद चुलिएको छ । विवादकै बीच स्थायी समिति बैठक पनि पटक–पटक स्थगित हुँदै आएको छ ।

विवाद समाधानका लागि भन्दै असार १८ देखि लगातार बैठक स्थगित हुँदै आएको छ । यो बीचमा बैठक ८ पटकसम्म स्थगित भईसकेको छ । सहमतीका लागि भन्दै यसअघि असार २०, २२, २४, २६ र साउन २ र ४ मा स्थगित भएको थियो ।

गत साउन ६ मा बसेको स्थायी समिति बैठक पनि एजेण्डामै प्रवेश नगरी स्थागित भएको थियो । साउन ६ मा बसेको बैठकले साउन १३ अर्थात् भोलीको लागि बैठक बोलाएको छ ।

सम्बन्धित समाचार

प्रचण्ड पक्षीय भेलाको निष्कर्ष, अब पार्टी निर्णय बहुमतबाट

वि.सं.२०७७ साउन १२ सोमवार १८:१४ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...