११ साउन, काठमाण्डौं । नेपालमा आइतबार (११ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ४२ हजार ४५७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३३ सयवटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशनसेन्टरहरुमा ५,४४० जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १७ हजार ९०३ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज थपिएका १३० जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ भने आज ७५ जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १३ हजार १२८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ४५ पुगेको छ ।
आज काठमाण्डौंका आठसहित १३० जनामा कोरोना संक्रमण
नेपालमा आज १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी मोरङमा २६ जना, दैलेखमा २५ जना र अछाममा १४ जना जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा ८ जना संक्रमित थपिएका छन् ।
आज काठमाण्डौंका आठसहित १३० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १८,६१३ पुग्यो
त्यस्तै इलाममा ८ जना, बर्दियामा ६, पर्सामा ४, कास्कीमा ३,रोल्पा ३ सुर्खेत ३ बाजुरा ३ सुनसरी, महोत्तरी, गोर्खा, सोलुखुम्बु, नवलपरासीपूर्व र बाँकेमा २\२ जना रहेका छन् ।
त्यस्तै सिराहा, उदयपुर, तेह्रथुम, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, झापा, जुम्ला,कन्चनपुर, रुपन्देही र अर्घाखाँचीका १/१ जना गरी आज जम्मा १३० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका १३० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार ६१३ पुगेको छ । जसमा ५ हजार ५४० जना संक्रिय संक्रमित रहेका छन् ।
आज ७५ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज ७५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ७५ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज ७५ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कति निको भए त ?
आज ७५ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कतिजना निको भए त ?
प्रदेश १ मा ७५५, प्रदेश २ मा २९४४, बाग्मति प्रदेशमा ४६८, गण्डकी प्रदेशमा १,१५१, प्रदेश नं ५ मा ३,९०३, कर्णाली प्रदेशमा १,५८५ र सुदूरपश्चिम प्रदेशमा २,३०२ जना गरी १३ निको भएर घर फर्किएका छन् ।
यस्तो छ देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा २०९३ जना, प्रदेश २ मा २,७४७ जना, बाग्मति प्रदेशमा १,२९४ जना, गण्डकी प्रदेशमा ३,४४९ जना, प्रदेश नं ५ मा २,५३९ जना, कर्णाली प्रदेशमा ९४८ जना र सुदूरपश्चिम प्रदेशमा ४८३३ जना रहेका छन् ।
कुन प्रदेशमा संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा १८६, प्रदेश २ मा १,८७३, बाग्मति प्रदेशमा ४४४, गण्डकी प्रदेशमा २९४, प्रदेश नं ५ मा ३५८, कर्णाली प्रदेशमा ३६७ र सुदूरपश्चिम प्रदेशमा १,९१८ जना रहेका छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् भने, कोरोना संक्रमण मुक्त भएका जिल्लामा पाँचथर, भोजपुर, संखुवासभा, रसुव, मनाङ र मुस्ताङ रहेका छन् ।
नेपालमा साउन १० सम्मको कोरोना अपडेटः १८,४८३ संक्रमित, १३ हजार बढी निको, मृतकको संख्या ४५ पुग्यो
वि.सं.२०७७ साउन ११ आइतवार १८:१४ मा प्रकाशित






























