back
CTIZAN AD

नेपालमा साउन १० सम्मको कोरोना अपडेटः १८,४८३ संक्रमित, १३ हजार बढी निको, मृतकको संख्या ४५ पुग्यो

वि.सं.२०७७ साउन १० शनिवार

747 

shares

१० साउन, काठमाण्डौं । नेपालमा शनिबार (१० साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ३९ हजार १५७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,०७५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,४३० जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १८ हजार १८३ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १०९ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ भने आज निको भएर १०६ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १३ हजार ५३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आजपनि एक युवतीको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

नेपालमा आज १०९ जनामा कोरोना संक्रमण
नेपालमा आज १०९ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको कोरोनाको नमुना परीक्षणमा १०९ जनामा संक्रमण पुष्टि भएका हो ।  देशभरीका रहेका प्रयोगशालामा गरिएको ४,०७५ वटा नमुना परीक्षणमा १०९ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार आज सबैभन्दा बढी डोटीमा १३ जा, सुर्खेतमा ११, सप्तरीमा ११ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी पर्सामा ८, कपिलवस्तुमा ६, जाजरकोटमा ६ दाङमा ५, पाल्पामा ४, नवलपुरमा ४, रौतहटमा ४, र डडेलधुरामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बारामा ३, बैतडीमा ३, दैलेखमा ३, गुल्मी ३ र कालिकोटमा ३ जना र मुगु, अछाम, काठमाडौं, बाँके, बर्दियामा २/२ जना तथा ललितपुर, अछाम, तनहुँ, चितवन, मकवानपुर, झापा, खोटाङ, सर्लाही र हुम्लामा १/१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ६ जिल्ला कोरोना संक्रमणबाट मुक्त भएका छन् । ती जिल्लामा पाँचथर, भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङ, रसुवा रहेका छन् । साथै ५०० भन्दा बढी संक्रमित उपचार रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

आज १०६ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज १०६ जनाले कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएर डिस्चार्ज भएका छन् । आज निको भएका १०६ जनासँगै नेपालमा साउन १० सम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ । यो संख्या ७०.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म सातै प्रदेशमा निको हुनेको संख्या यस प्रकार रहेको छ ।
जसमा प्रदेश १ मा ७७५ जना, प्रदेश २ मा २,८९८ जना, बाग्मति प्रदेशमा ४६८ जना, गण्डकी प्रदेशमा १,१२५ जना, प्रदेश नं ५ मा ३,९०० जना, कर्णाली प्रदेशमा १,५८५ र सुदूरपश्चिम प्रदेशमा २,३०२ गरी आजसम्म निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।

क्वारेन्टिनमा रहनेको विवरण
प्रदेश १ मा २,२०९, प्रदेश २ मा २,३०२, बाग्मति प्रदेशमा १,३८४, गण्डकी प्रदेशमा ३,२१६, प्रदेश नं ५ मा २७७९ कर्णाली प्रदेशमा १०१७ र सुदूरपश्चिम प्रदेशमा ५२७६ जना गरी सातै प्रदेशका क्वारेन्टिनमा रहनेको संख्या १८ हजार १८३ रहेको छ । यो संख्या दिनप्रतिदिन घट्दै गइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि एक युवतीको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज पनि एक युवतीको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वाराको परवानीपुर गाउँपालिका वडा नं ८ की १७ वर्षीया युवतीको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको हो ।
साउन ९ गते बेलुका गण्डक कोभिड अस्पताल वीरगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

बुधबार वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि गएकी ती युवतीको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि विहिबार अस्थायी कोभिड अस्पतालमा थप उपचारका लागि रेफर गरिएको थियो । साउन ८ गते श्वाव संकलग गरी गरिएको पिसीआर परीक्षणमा ९ गते कोरोना पुष्टि भएको थियो ।

उनको शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, शरीर काप्ने र श्वास प्रस्वासमा समेत समस्या आएको मन्त्रालयले जानकारी दिएको छ ।
ती युवतीको मृत्युभएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

यस्तो छ नेपालमा साउन ९ गतेसम्मको कोरोना अपडेटको पूर्णविवरण

वि.सं.२०७७ साउन १० शनिवार १८:१९ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...