मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । तर परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर प्रतिस्पर्धीसँगको पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ ।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ ।
कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु,ते
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ । तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट फाइदा भइरहनेछ । व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला ।
वि.सं. २०७७ साउन ११ आइतवार( इ.स. २०२० जुलाई २६)
उपप्रा. लक्ष्मीप्रसाद बराल फलितज्योतिषाचार्य) ९८४१३५२१६४
आज शनिबार, यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?
वि.सं.२०७७ साउन ११ आइतवार ०८:०८ मा प्रकाशित



























