back
CTIZAN AD

यस्तो छ नेपालमा साउन ९ गतेसम्मको कोरोना अपडेटको पूर्णविवरण

वि.सं.२०७७ साउन ९ शुक्रवार

882 

shares

९ साउन, काठमाण्डौं । नेपालमा शुक्रबार (९ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ३५ हजार ८२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३,९८७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,३८३ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १९ हजार ४४४ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएक १३३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या १८ हजार ३७४ पुगेको छ भने आज १०७ जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १२ हजार ९४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ४० पुगेको छ ।

आज १३३ जनामा कोरोना संक्रमण
नेपालमा आज १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी पर्सामा ३१ र झापामा २५, जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा १० जना नयाँ संक्रमित भेटिएका छन् भने भक्तपुर र ललितपूरमा आज शून्य संक्रमित रहेका छन् ।

आज संक्रमित थपिएका जिल्लामा दैलेखमा ८, कैलालीमा ८, झापामा ६, सप्तरीमा ७, सुनसरीमा ५, दाङमा ४, नवलपरासीपूर्वमा ४, रुपन्देहीमा ४ र लम्जुङ ३ जना रहेका छन् ।

आज काठमाण्डौंका १० सहित १३३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,३७४ पुग्यो

त्यस्तै मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया र कालिकोटमा २/२ जना, धनु्षा, धनकुटा बारा, उदयपुर, बाग्लुङ, तनहुँ र जाजरकोटमा १/१ जना गरी आज जम्मा १३३ जनामा कोरोना संक्रमण भएको छ ।

आज थपिएका १३३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । जसमा १२ हजार ९४७ जना निको भएर घर फर्किसकेको छन् भने बाँकी संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन त ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा प्रदेश १ मा १४६ जना, प्रदेश २ मा १,९०१ जना, बाग्मति प्रदेशमा ४३९ जना, गण्डकी प्रदेशमा ३३१ प्रदेश नं ५ मा ३५४ जना कर्णाली प्रदेशमा ३१५ र सुदूरपश्चिम प्रदेशमा १,८९७ जना उपचाररत छन् ।

कोरोना संक्रमणबाट आजपनि १०७ जना डिस्चार्ज
नेपालमा आज १०७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट आजपनि १०७ जना मुक्त, निको हुनेको संख्या १२,९४७ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १०७ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।  आज १०७ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १२,९४७ पुगेको छ ।

कोरोना संक्रमणबाट आजपनि १ जनाको मृत्यु
नेपालमा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज पर्सा जिल्ला विरगन्ज महानगरपालिका वडा नं ११ त्रिपुर रानिघाट निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको शुक्रबार नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा बिहान ६ः ४५ बजे मृत्यु भएको हो । उनी मुटु सम्बन्धी समस्या तथा निमोनियाबाट ग्रसित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म १८,२४१ जनामा कोरोना संक्रमण, ४३ को मृत्यु, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ साउन ९ शुक्रवार १८:१७ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...