back
CTIZAN AD

आज काठमाण्डौंका १० सहित १३३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,३७४ पुग्यो

वि.सं.२०७७ साउन ९ शुक्रवार

840 

shares

९ साउन, काठमाण्डौं । नेपालमा आज १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी पर्सामा ३१ र झापामा २५, जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा १० जना नयाँ संक्रमित भेटिएका छन् भने भक्तपुर र ललितपूरमा आज शून्य संक्रमित रहेका छन् ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटा र सुनसरीका १÷१ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ६, मोरङका १ सप्तरीका ७ र सुनसरीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १९ जना, सुनसरीका ३ र मोरङका १ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १, सर्लाहीका १ र पर्साका ३० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनु्षाका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको काठमाण्डौंका ५, पर्साका १ र सर्लाहीका १ जना, भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका १ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा चितवनका १, काठमाण्डौंका ५ र उदयपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ४, लम्जुङका ३, बाग्लुङका १ र तनहुँका १ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २ जना, बर्दियाका २ र दाङका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका ४ र रुपन्देहीका ४ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा जाजरकोटका १, कालिकोटका २ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ८ जना र सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका ८ जना गरी आज जम्मा १३३ जनामा कोरोना संक्रमण भएको छ ।

आज थपिएका १३३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । जसमा १२ हजार ९४७ जना निको भएर घर फर्किसकेको छन् भने बाँकी संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन त ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १४६ जना, प्रदेश २ मा १९०१ जना, बाग्मति प्रदेशमा ४३९ जना, गण्डकी प्रदेशमा ३,३१ प्रदेश नं ५ मा ३५४ जना कर्णाली प्रदेशमा ३१५ र सुदूरपश्चिम प्रदेशमा १,८९७ जना उपचाररत छन् ।

आज काठमाण्डौं उपत्यकाका ९ सहित १४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,२४१ पुग्यो

 

वि.सं.२०७७ साउन ९ शुक्रवार १६:४० मा प्रकाशित

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...