back
CTIZAN AD

सशस्त्रको सुडान मिसनमा कमजोर हतियार, सेना भन्छ–‘सरकारकै निर्णय बमोजिम हो’

वि.सं.२०७७ साउन १५ बिहीवार

846 

shares

१५ साउन, काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दक्षिण सुडानमा तैनाथ आफ्ना दुई फर्मड पुलिस युनिट (एफपीयु) मिसनका लागी लडाईमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’ पठाउने भएको छ ।

युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत दक्षिण सुदानको राजधानी जुबा र अर्को सहर बोरस्थित एफपीयुमा कार्यरत एपीएफले हाल प्रयोग गरिरहेका एसएलआर राइफल फिर्ता गरेर त्यसको सट्टामा ५.५६ एमएम क्यालिभरका इन्सास पठाउन लागिएको हो ।

सशस्त्र प्रहरी प्रवक्ता डीआइजी राजु अर्यालले राष्ट्रसंघबाट कम घातक हतियार प्रयोग गर्नुपर्ने आग्रह भएबमोजिम इन्सास राइफल पठाउन लागिएको बताए ।
‘अहिले प्रयोग भइरहेका एसएलआर राइफल विस्थापन गरेर छिट्टै जुबा र बोरस्थित एफपीयुका लागी इन्सास राइफल पठाउन लागिएको हो,’ उनले भने, ‘सोही प्रयोजनका लागी सरकारले निर्णय गरेपछि सेनाबाट आवश्यक मात्रामा राइफल प्राप्त गरेका छौ ।’ सशस्त्रले मिसनका लागी बुधबार सेनाबाट ६ सय थान इन्सास राइफल लिएको छ । सेनाले द्धन्द्धकालमा भारतबाट किनेको इन्सास क्रमशः विस्थापीत गर्दै आएको छ । बुधबार सशस्त्र लार्य हस्तानतरण गरिएका इन्सास पनि त्यतिबेलै किनिएका हुन् । दक्षिण सुडानका दुई मिसनमा सशस्त्रका ३ सय २० जना एफपीयुअन्तर्गत तैनाथ छन् ।

सन् २०१४ देखि एसएलआर राइफलसहित सशस्त्र त्यहाँ खटिँदै आएको छ । लडाईमा एसएलआर निकै भरपर्दो हतियार मानिन्छ । एक उच्च सैनिक अधिकारीका अनुसार इन्सास राइफलबाट लगातार फायर गर्नुपर्ने अवस्था आएमा ब्यारेल तातेर प्रहार नै गर्न नमिल्ने अवस्था आउन सक्छ ।

‘सशस्त्र प्रहरी बललाई हस्तातरण गरिएका इन्सास प्रतिविद्रोहकै बेला भारतबाट खरिद गरिएका हुन्’ धेरैजसो हतियार सेनाका युनिटले प्रयोग गरे, केही जगेडामा थियो,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले भने, ‘सरकारबाटै निर्णय भएबमोजिम सशस्त्रको क्षमता अभिवृद्धिका लागी निःशुल्क रुपमा दिइएको हौ ।’ राष्ट्रसंघअन्तर्गत द्धन्द्धग्रस्त विभिन्न १२ वटा मिसनमा तैनाथ रहेको सेनाले भने सबैमा एम–१६ सिरिजका हतियार उपलब्ध गराइसकेको छ ।

विहिबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७७ साउन १५ बिहीवार ०९:५४ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...