back
CTIZAN AD

५ दिनमै सुनको मुल्यमा २ हजार ७ सयले बृद्धि, पुग्यो लाख नजिक

वि.सं.२०७७ साउन १५ बिहीवार

678 

shares

काठमाडौं । पछिल्लो ५ दिनमै सुनको मुल्यमा २ हजार ७ सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघले जनाएअनुसार आइतबारदेखि बिहिबारसम्मको बीचमा तोलामै २ हजार ७ सयले बृद्धि भएको हो ।

महासंघले जनाएअनुसार आइतबार ९६ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मुल्य बिहिबार आउँदा ९९ हजार रुपैयाँ प्रतितोला पुगेको छ । यसअघि बुधबार सुनको मुल्य प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

सुनको मुल्यमा बृद्धि भएसँगै चाँदीको मुल्य पनि बढेको छ । महासंले जनाएअनुसार बिहिबार प्रतितोला १२ सय २५ पुगेको छ । आइतबारको तुलनामा चाँदीको मुल्यमा पनि प्रतितोला ७०रुपैयाँ बढेको छ ।

महासंघले जनाएअनुसार यसअघि आइतबार चाँदी प्रतितोला १ हजार १५५ मा कारोबार भएको थियो । नेपाली बजारमा मंगलबार भने चाँदी सबैभन्दा महंगोमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला १ हजार २४५ पुगेको थियो ।

कुन बार कति थियाे सुनकाे मुल्य ?

  • आइतबार–९६,३००
  • सोमबार–९७,५००
  • मंगलबार– ९८,२००
  • बुधबार–९८,५००
  • बिहीबार–९९ हजार

आजको मुल्यदर यस्तो

वि.सं.२०७७ साउन १५ बिहीवार १२:३६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...