१५ साउन,काठमाडौं । रिलायन्स लाइफ इन्स्योन्सले कर्मचारीको माग गरेको छ । बानेश्वरमा प्रधान कार्यालय रहेको इन्स्योरेन्सले विभिन्न शाखा÷उपशाखाका लागि दक्ष कामदारको माग गर्दै सूचना जारी गरेको छ ।
बुधबार जारी भएको इन्स्योरेन्सको सूचनामा प्रदेश १ को विराटनगर, गाइघाट तथा अन्य शाखा\उपशाखाहरु, प्रदेश २ को लाहान, लालबन्दी, मिर्चैया, राजविराज तथा अन्य शाखा\उपशाखाहरु, प्रदेश ३ (बागमती) मा स्वयम्भु, साँखु, काँडाघारी, चापागाउँ, फपिङ्ग तथा अन्य शाखा\उपशाखाहरु, गण्डकी प्रदेशको दमौली, दुलेगौडा तथा अन्य शाखा\उपशाखाहरु र कर्णाली प्रदेशका सुर्खेत र अन्य शाखा÷उपशाखाहरुमा कर्मचारी आवस्कता भएको बताइएको छ ।
कम्पनीले इच्छुक व्यक्तिले आफ्नो निवेदन Application letter) र (C.V) ७ दिन भित्रमा कम्पनीको jobs@relifeinsurance.com पठाउन सकिने पनि सूचनामा भनिएको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार १२:५२ मा प्रकाशित





























