back
CTIZAN AD

वीरगञ्ज महानगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण

वि.सं.२०७७ साउन १५ बिहीवार

792 

shares

१५ साउन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको उनले जानकारी दिएका छन् । आफू अहिले उपचारार्थ रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले छिट्टै नै कोरोनालाई जित्ने विश्वास व्यक्त गरेका छन् ।

कोरोना संक्रमणबाट आक्रान्त बनेको वीरगंजलाई वचाउन अग्रमोर्चामा रहने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिँदै उनले यो लडाईलाई स्थानीय तहको प्रयासले मात्र नजित्ने हुँदा संघीय सरकार तथा प्रदेश सरकारले ठोस योजना बढाउनु पर्ने बताएका छन् ।

चितवन महानगरपालिकाकी मेयर रेणु दाहालले मेयर सरागवीको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उनले संक्रमित अन्य विरगंज महानगरबासी जनताको पनि शिघ्र स्वास्थ्य लाभको कामना गर्दै छिट्टै महानगरले कोरोनाको लडाईमा बिजय हासिल गरोस भन्ने कामना गरेकी छन् ।

वि.सं.२०७७ साउन १५ बिहीवार २२:०२ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...