back
CTIZAN AD

युनुस अन्सारी जेलबाटै सुन तस्करीमा, प्रहरीको भूमिका पनि शंकास्पद

वि.सं.२०७७ साउन १६ शुक्रवार

927 

shares

१६ साउन, काठमाडौँ । काठमाडौँको कमलादीमा बरामद भएको नक्कली सुनसँग भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता खुलेको छ ।
भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद सजाए भोगिरहेका अन्सारीले सहयोगीमार्फत सुन तस्करी गरेको खुलेको हो ।

काठमाडौँको सुन्धराबाट मंगलबार बिहान नक्कली सुन बरामद गरेको प्रहरीले अन्सारीका सहयोगी इन्साद हुसेनको प्रहरीले बरामद गरेको बा६च ५५१९ नम्बरको गाडी बाराका हुसेनको भएको पाएपछि अन्सारीसँगको कनेक्सन खोजिएको थियो ।

गाडी नख्खीपोटस्थित अन्सारीकै घरनजिकको एक घरमा पार्किङ गरिरहेको अवस्थामा फेला पारेको थियो । ‘प्रहरीले गाडी फेला पारेपछि गाडी नम्बर र गाडी धनी टे«सिङ गर्ने क्रममा हुसेनको भएको थाहा पायो । गाडी बरामद गरिएको स्थान पनि अन्सारीकै घरनजिक थियो’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘हामीले अन्सारीसँग यो विषयमा बुझिरहेका छौँ ।’ प्रहरीले बरामद गरेको बा६च ५५१९ नम्बरको गाडी हुसेनको भएको पाइएको थियो । त्यसपछि प्रहरीले अन्सारीसँगको कनेक्सन खोजिगरेको थियो ।

प्रहरीले बारा स्थायी घर भएपनि वीरगञ्ज बस्दै आएका हुसेनको खोजी गरिरहेको छ । प्रहरीलाई सूनको पोको भन्दै दिएर हिँडेका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेलले यो सबै काम हुसेनका भएकोले आफुहरुलाई अन्य जानकारी नभएको र गाडी अन्सारीकै घरनजिक भएको बताएपछि अनुसन्धानको सुई उनीतर्फ मोडिएको थियो ।

हुसेनको गाडी पार्किङ गरेर नवलपरासी पुगेका देवानसिंहसमेतका तीनजनालाई पक्राउ गरी काठमाडौँ ल्याएपछि अन्सारीको संलग्नता खुलेको प्रहरीले जनाएको हो । शुक्रबारको नागरिक दैनिकबाट

वि.सं.२०७७ साउन १६ शुक्रवार ०९:४१ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...