१६ साउन, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण मेक्सिकोमा करिब ४६ हजार व्यक्तिको ज्यान गएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ८५ जनाको मृत्युपछि मेक्सिकामा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४६ हजार पुगेको छ ।
मेक्सिकोमा गत २४ घण्टाको समय अवधिमा ५ हजार ७ सय ५२ जना नयाँ संक्रमित थपिएसँगै मेक्सिकोमा कुल संक्रमित संख्या ४ लाख १६ हजार १ सय ७९ पुगेको छ ।
वि.सं.२०७७ साउन १६ शुक्रवार ०९:२६ मा प्रकाशित





























