back
CTIZAN AD

अमेरिकामा रहेका थापाले ल्याए तेश्रो गिती एल्बम ‘साडी राम्रो’

वि.सं.२०७७ साउन १६ शुक्रवार

999 

shares

सालले दुइ बर्ष जनाए पनि अवधीले ११ महिना भित्र तीन वटा म्युजिक भिडियो नेपाली समाजमा पस्किन सफल बनेका छन वसन्त थापा मगर ।

ललितपुर इमाडोलमा जन्मिएका वसन्त जो १६ बर्षदेखि अमेरिका बस्दै आइ रहेका छन । यस अगाडीका म्युजिक भिडियो ‘आमाले बोकेको भारी’ र ‘कहिले दाया कहिले बायाँ’ मा जस्तै यो ‘साडी राम्रो’ बोलको म्युजिक भिडियोमा पनि वसन्त कै स्वर, शव्द र संगित रहेको छ भने अशोक राइले म्युजिक कम्पोजÞ गरेका छन् । पहिलो र दोस्रो म्युजिक भिडियोमा झै यो भिडियोमा पनि समन अधिकारीले नै निर्देशन गरेका छन् ।

यसमा वाल कलाकार टिकटक क्विन आयुसी ढकाल, बिनु साक्य , SARRAJ GARACH को भुमिका र अभिनयका साथ वसन्त पनि बिच बिचमा आफ्नो भुमिकामा देखिएका छन् ।

कोरियोग्राफÞर सुरेन वसेल, ड्रोनमा अनिल कटवाल, प्रोडक्शन नवराज पौडेल र इडिटमा फराज अरपनले कार्य सम्पादन गरेका छन् ।

वसन्तका तीन गीत तीन भिन्न भावका छन् । ‘साडी राम्रो’ विदेशमा बसिरहेका नेपालीको भावनामा समर्पित गीत हो । यस गीतमा कति विदेशमा बस्ने अब नेपाल आउने भन्ने भाव समेटिएको बताउछन् वसन्त । सायद नेपालमा बसेर सोचे जस्तो नहुने बिदेश र माहामारीको सन्देश बुझेर पनि होला नेपाल नै रोज्ने र आफ्नै देश बनाउनु पर्ने शिक्षा र भोगाइबाट पाएका कारण पनि स्वदेश फर्कन पर्ने सन्देश दिन खोजि रहेका छन वसन्तले गीतबाट ।

विदेशमा बसेर ढल्किदै गइरहेको उमेर लिएर त्यो पनि सानो र कम आम्दानी र दुखको काम गरि बसिरहँदा पनि गाउने र लेख्ने काम छोड्न नसकिएको बताउँछन् वसन्त ।

आफ्नो लागि मात्र सोच्न र गर्न सकिएन सिकिएन भन्दै बिहान उठेदेखि नसुतेसम्म नेपालकै खबर र समाजमा रम्न र रहन चाहने वसन्तले आफ्नै लगानीमा यो म्युजिक भिडियो तयार भएको बताउछन् ।

नाम , दाम र ठामको लोभ नगरे पनि धन र ठामप्रति गुनासो केहि नरहेको भन्छन उनी । ‘हिजोका दिनमा कमि भए पनि आज धन र मनको पनि कमि भएन,’ वसन्त भन्छन् ।

यसमा नेपाल र अमेरिकामा रहेको परिवारप्रति गर्व गर्ने ठाउ रहेको भन्छन उनि । समय र परिस्थिति मिलेको । अनावस्यक खर्च र भ्रमण नगरेको कारण पनि खर्च र आम्दानीको समस्या नभएको हो भन्ने सन्देश दिन चाहन्छन वसन्त । तर पनि आफ्नो समाज र जन्मेको ठाम जस्तो भित्री खुशी, शान्ति र चाहना अन्य नहुने अनुभव सुनाउदै सबै परिचित, आफन्त, परिवार, साथीभाइ र मान्यवरहरूबाट हौसला र सहयोगको कारण पनि यस क्षेत्रमा लागिरहन सकेको भन्ने मान्यता राख्छन् उनी ।

हरेक मानिसलाइ आफ्नै खाना र गाना । समाज र मानिस नजिक लाग्ने र राख्ने मानविय स्वभाव रहेछ भन्ने अनुभव देश छोडे पछि अनुभव भएको र मन र आखाँले त्यही खोज्ने रोज्ने नेपालीहरू जस्तै हरेक देशका नागरिकहरूले भन्ने र सोच्ने रहेछन भन्छन वसन्त ।

‘देशमा रहँदा विदेश, विदेश गएपछि स्वदेश सम्झने रहेछ मानिस । नाम कमाउन कठिन काम, मेहनत, अवसर, सहयोग र आम जन साथ चाहिन्छ र चारैतिर हात नहाली मुख्य आफ्नो इच्छा र सम्भावना भएको क्षेत्र, विधा र पेशामा लगाव, निरन्तरता र सकृयता चाहिने रहेछ ।’ बसन्त भन्छन् ।

यस मामिलामा समयमै आफू लाग्न नसकेको अनुभव र कमजोरी भएको बताउँछन् उनी । नाम र दामको लागि सबैको इच्छा आकांक्षा हुनुमा विवाद गरिनु र राखिनु आवस्यक छैन उनी भन्छन् ।

सम्पन्नता र सुविधा प्रतिपनि सकरात्मक हुनुपर्छ भन्दै यसको लागि देश र जनताको मानसिकता र आर्थिक अवस्था हेरेर बाच्न र देखिन जान्नु पर्छ भन्ने सुझाव दिन्छन् देश हाक्नेहरूलाइ । यसमा मात्र इमान्दारिता र मिहिनेत भित्र रहन सक्नु पर्छ । वसन्त आफ्नो भित्री भावना यसरी पोख्छन । एकपटक गीत सुनि दिएर ।
भिडियो हेरि दिएर साथ र आशिर्वाद दिन सबैमा सविनय अनुरोध र आग्रह गर्छन वसन्त । एकपटक सबै नेपालीहरूले आफ्ना गीतहरू सुनि दिने र हेरि दिने छन् भन्ने आशा राखेका छन् बसन्तले ।

अमेरिकामा रहेका गायक थापाले ल्याए ‘कहिले दायाँ कहिले बायाँ’ म्युजिक भिडियो

वि.सं.२०७७ साउन १६ शुक्रवार १४:५० मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...