back
CTIZAN AD

अमेरिकामा रहेका गायक थापाले ल्याए ‘कहिले दायाँ कहिले बायाँ’ म्युजिक भिडियो

वि.सं.२०७६ फागुन ५ सोमवार

1.1K 

shares

अमेरिकाको मेरिल्याण्डमा रहेका गीतकार तथा गायककार बसन्त थापा मगरले दोश्रो कृतिका रुपमा आफ्नो नयाँ गीति एल्बम ‘कहिले दायाँ कहिले बायाँ’ बजारमा ल्याएका छन् ।

यस भन्दा अगाडि ‘आमाले बोकेको भारी’ नामक म्युजिक भिडियो सांगितीक क्षेत्रमा ल्याइसकेका गीतकार थापाले ‘कहिले दायाँ कहिले बायाँ’ नामक म्युजिक भिडियो बजारमा बजारमा ल्याएका हुन् ।

नेपालमा रहँदा होस् या विदेशको कुनै पनि कुनामा पुग्दा होस् नेपाली गीत, नाँच, खाना, रिती रिवाज र जन्मभूमिको माया र सम्झनामै बाँच्ने र रमाउने नेपालीहरुको आफ्नो विशेषता नै हो भन्दा फरक पर्दैन् ।

नेपाली जहाँ गए पनि अनि जहाँ रहे पनि नेपालीपन नै शान्ति र खुशीको आधार बन्ने बताउने गीतकार थापा बताउँछन् । ‘बिदेशमा चाहे त्यो अमेरिका, अष्ट्रेलिया, ब्रिटेन, क्यानडा, कोरिया, जापान र युरोप किन नहोस् यातफेरि त्यो कÞतार, दुबइ, साउदी, मलेशिया, इजरायल, इराक, अफगानिस्तान र अफ्रिका नै किन नहोस् त्यहाँ रहेर सुख/दुःख गरीरहेका सबै नेपालीहरूले भोगीरहेको, महशुस र अनुभव गरिरहेको कुरा हो भने नेपालमा घर, बाटो, यात्रा, बनभोज, पार्टी, सभा, भेटघाट लगायत हरेक मनोरन्जनात्मक समारोहहरूमा गीत/संगित अनि नाँच/गानको छुट्टै औचित्य, महत्व भएको र जीवन तथा सामाजिक अंग बनिरहेको बिषय नै हो यो ।’ संसारन्युजको कुराकानीमा थापा भन्छन् ।

गायक थापाकै शव्द र लय रहेको उक्त गीतमा चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरले गीत सजिएको छ । शव् , स्वर र लयलाइ कस्तो बाजा र तालमा सजााउने त्यो म्युजिक अरेन्जरको सिप र योग्यता हो जसमा अशोक लोहारूगं राई सफल देखिएका छन् ।
गीतलाइ आमदर्शक र श्रोता सामु आकर्षित बनाउन र गराउन म्युजिक डाइरेक्टर र यसका कलाकारहरूको ठूलो भुमिका रहन्छ । नायक पल शाह, मोडेल नग्मा श्रेष्ठ र चरित्र अभिनेता फिÞल्मी डाइरेक्टर शोभित बस्नेत लगायत इन्टायर टिमको नृत्य र अभिनयले म्युजिक भिडियो अझ रमाइलो र राम्रो बनेको छ ।

उक्त गीतमा कोरियोग्राफर प्रमोद भन्डारी,cinematographer अर्जुन तिवारी, editor  र colorist नविन निरौला र म्युजिक डाइरेक्टर समन अधिकारीको ठूलो हात, सोच र सिप रहेको छ ।

यो म्युजिक भिडियोले आम नेपालीहरूको साथ र माया पाउने गीतकार थापाले आशा गरेका छन् ।

वि.सं.२०७६ फागुन ५ सोमवार २१:२४ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...