back
CTIZAN AD

स्थानीय रक्सीलाई ‘ब्राण्ड’ रुपमा प्रबद्र्धन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वि.सं.२०७७ साउन १७ शनिवार

876 

shares

१७ साउन, खोटाङ । स्थानीय(लोकल) रक्सीलाई ब्राण्डका रूपमा प्रवद्र्धन गर्नुपर्ने माग गर्दै किराँत राई यायोक्खा खोटाङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । यायोख्खाले स्थानीयस्तरमा उत्पादन हुने कोदोको स्थानीय रक्सीलाई प्रतिबन्ध नभई प्रवद्र्धन गर्नुपर्ने माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण गराएको हो ।

यायोक्खाका जिल्ला अध्यक्ष हात्तीराम राईले ज्ञापनपत्र बुझाउँदै नेपालमा कोदोको रक्सीलाई प्रवद्र्धन गर्न र त्यसलाई ऐनमार्फत नियमन गरी घरेलु उद्योगका रूपमा विकास गर्नुपर्ने बताए । नेपालमा आदिवासी जनजाति समुदायले आदिमकालदेखि सांस्कृतिकरूपमा प्रयोग र उत्पादन गर्दै आइरहेको घरेलु रक्सीमा राज्यले उत्पादन र बेचबिखनमा बन्देज गरिरहने तथा स्थानीय उत्पादनलाई लगानी, प्रोत्साहन र प्रवद्र्धन नगर्ने हो भने देशको समृद्धि कल्पनामै सीमित हुने ज्ञापनपत्रमा उल्लेख छ ।

यसै सन्दर्भमा १ नं प्रदेशका प्रदेशसभा सदस्य उषाकला राईले स्थानीय रक्सीलाई ‘ब्याण्ड’का विरुद्ध ‘ब्राण्ड’ बनाउनुपर्ने माग संसद्मा समेत उठाएका थिए । यायोक्खाले राईको उक्त मागलाई सम्मान गर्दै नेपालको संविधानको भावनाअनुरूप सबै संस्कृतिको सम्मान, स्थानीय उत्पादनको प्रवद्र्धन गर्न स्थानीयस्तरमा उत्पादन हुने स्थानीय रक्सीलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका हो ।

स्थानीय रक्सीलाई उद्योगका रूपमा विकास गर्दा रोजगारी सिर्जना हुनुका साथै आयआर्जनमा वृद्धि गरेर समृद्ध नेपाल बनाउनमा सहयोग पुग्ने यायोख्खाको ठहर छ । “लोकल रक्सी आदिवासी जनजाति समुदायको जन्मदेखि मृत्यु पर्यन्तसम्मको सांस्कृतिक कार्यमा समेत अनिवार्य चाहिन्छ”, ज्ञापनपत्रमा भनिएको छ, “परापूर्वकालदेखि प्रयोग हुँदै आएको ‘लोकल’ रक्सीलाई राज्यले बन्देज गर्नाले आदिवासी जनजाति समुदायको संस्कृतिमाथि ठाडो हस्तक्षेप भएकाले कानूनीरुपमै उत्पादन र प्रवद्र्धन गर्ने वातावरण सिर्जना प्रधानमन्त्री तथा नेपाल सरकारसमक्ष माग गरिएको छ ।”

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र बोधार्थका लागि गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कानून, न्याय तथा सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मुख्यमन्त्रीको कार्यालय तथा १ नम्बर प्रदेश सरकारलाई समेत पठाएको छ । यायोख्खाले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याएर सहयोग गर्ने प्रजिअ पौडेलले प्रतिबद्धता जनाएका छन् ।

स्थानीयस्तरमा उत्पादन हुने लोकल रक्सी जफत गरेर नष्ट गरिएका विषयलाई लिएर खोटाङमा चौतर्फी विरोध भइरहेको छ । गाउँघरका महिलाले सामान्य आम्दानीका लागि उत्पादन गरेको रक्सीलाई स्थानीय प्रशासनले जफत गर्नुका साथै नष्ट गरेर विदेशी बहुर्राष्ट्रिय कम्पनीको ह्विस्की, ब्राण्डी र बियरलाई बढावा दिएको भन्दै आदिवासी जनजाति समुदायका अगुवाले बिरोध गरेका हुन् ।

घरायसी रक्सी जफत गरेर नष्ट गरिएको विषयप्रति नेपाली काँग्रेस खोटाङले पनि विरोध जनाएको छ । गत चैत ६ गते जिल्ला प्रशासन कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग र उद्योग वाणिज्य सङ्घ खोटाङको प्रतिनिधि सम्मिलित टोलीले दिक्तेलबजारका विभिन्न होटल तथा पसलबाट घरायसी रक्सी जफत गरेर नष्ट गरेको विषयलाई काँग्रेसले पनि विरोध जनाएको हो । (रासस)

वि.सं.२०७७ साउन १७ शनिवार ०९:०० मा प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...