back
CTIZAN AD

उपरथी हमालले फोर्स कमान्डरको कार्यभार सम्हाले

वि.सं.२०७७ साउन १७ शनिवार

768 

shares

१७ साउन,काठमाडौँ । नेपाली सेनाका उपरथी ईश्वर हमालले संयुक्त राष्ट्रसङ्घको सिरियास्थित शान्ति मिसन (अनडोफ) फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् ।

उक्त मिसनका निमित्त प्रमुख एमिदो मिसेलसँग गत शुक्रबार आयोजित समारोहमा उनले कार्यभार बुझेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसबखत त्यहाँ तैनाथ शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मानगारत अर्पण गरेको थियो ।

सो अवसरमा उपरथी हमालले शान्तिस्थापनामा सहयोग पु¥याउने मिसनको प्राथमिक लक्ष्य हासिल गर्न सबैको सहयोगको अपेक्षा गरे । संयुक्त राष्ट्रसङ्घका महासचिवले उपरथी हमाललाई गत फागुन १२ गते फोर्स कमान्डरमा नियुक्त गरेका थिए ।

कोभिड–१९ को जोखिमका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएपछि उनलाई त्यसतर्फ जान केही ढिलाइ भएको थियो । शान्ति मिसनको फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने उपरथी हमाल छैटौँ नेपाली उच्च सैनिक अधिकृत हुन् ।

वि.सं.२०७७ साउन १७ शनिवार ०९:२५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...