back

उपरथी हमालले फोर्स कमान्डरको कार्यभार सम्हाले

वि.सं.२०७७ साउन १७ शनिवार

144 

shares
RBB AD
NTC AD

१७ साउन,काठमाडौँ । नेपाली सेनाका उपरथी ईश्वर हमालले संयुक्त राष्ट्रसङ्घको सिरियास्थित शान्ति मिसन (अनडोफ) फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् ।

उक्त मिसनका निमित्त प्रमुख एमिदो मिसेलसँग गत शुक्रबार आयोजित समारोहमा उनले कार्यभार बुझेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसबखत त्यहाँ तैनाथ शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मानगारत अर्पण गरेको थियो ।

सो अवसरमा उपरथी हमालले शान्तिस्थापनामा सहयोग पु¥याउने मिसनको प्राथमिक लक्ष्य हासिल गर्न सबैको सहयोगको अपेक्षा गरे । संयुक्त राष्ट्रसङ्घका महासचिवले उपरथी हमाललाई गत फागुन १२ गते फोर्स कमान्डरमा नियुक्त गरेका थिए ।

कोभिड–१९ को जोखिमका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएपछि उनलाई त्यसतर्फ जान केही ढिलाइ भएको थियो । शान्ति मिसनको फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने उपरथी हमाल छैटौँ नेपाली उच्च सैनिक अधिकृत हुन् ।

वि.सं.२०७७ साउन १७ शनिवार ०९:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा...

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा...

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको...

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा...