back
CTIZAN AD

कविताः घर

वि.सं.२०७७ साउन १७ शनिवार

870 

shares

यी घर छोडी जानेहरुले
किन बिर्सिन्छन घर
किन फर्किदैनन
सम्झिएर घर
घरले कहाँ बिर्सिन्छ होला
घर बिर्सिनेहरुलाई
घरले कहाँ बिर्सिन्छ होला
घर नफर्किनेहरुलाई ।

यस्तो लाग्छ झारै झारले पुरिएर
अझै नपल्टिएर
उभिरहेका यी घरका भित्ताहरु
आज पनि प्रतीक्षामा छन
आज पनि पर्खाइमा छन
घर छोडी जाने परदेशीहरुको
सोच्दा हुन
कुनै दिन आएर फेरि
उसै गरि मुसार्ने छन
उसै गरि सजाउने छन
उसै गरि रंगाउने छन
घरका भित्ताहरु ।

के थाह
यी घरका भित्ताहरुलाई
पखेटा पलाएर उडने
सबै चराहरु
बेलुका गुँड फर्किदैनन भनेर
के फर्किन्छन होला
लेउ लागेका भित्ताहरु मुसार्न
उडाएका छानाहरु छाउन
उम्रेका झारहरु उखाल्न
फेरि पनि खै किन
आउने जानेहरुको अनुहारमा
उकालो ओरालो गर्नेहरुको मुहारमा
यी घरका भित्ताहरुले
आफ्नै घर धनी
खोजे जस्तो लाग्छ
आफ्नै घर धनी
कुरे जस्तो लाग्छ ।

यी घर छोडी जानेहरुले
किन बिर्सिन्छन घर
किन फर्किदैनन
सम्झिएर घर
घरले कहाँ बिर्सिन्छ होला
घर बिर्सिनेहरुलाई
घरले कहाँ बिर्सिन्छ होला
घर नफर्किनेहरुलाई ।

वि.सं.२०७७ साउन १७ शनिवार ०८:५८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...