back
CTIZAN AD

कविताः खतरनाक भोक

वि.सं.२०७७ साउन १७ शनिवार

846 

shares

मान्छेमा यति धेरै भोक छ ताकि उसले
प्रकृति, खनिज, जल, जगँल, जमिन खादा खादा
सिङ्गो पृथ्वी नै खान आटि सक्यो ।
मान्छे यति निष्ठुर भै सक्यो कि उसले पृथ्वी
आफ्नै लागि हो मात्र सोच्छ
पृथ्वी आफ्नै कारणले मात्रै सुन्दर भएको भ्रम छ उसमा
उसलाई बेमतलब छ
हिमाल किन आधा मात्रै मुस्कुराउ छ
नदिहरुमा किन पानीको कलकल छैन
पवन किन माटोको सुगन्ध टिपेर बहदैन
फुलहरुमा किन सौन्दर्यको रङ गाढा छैन
मान्छेलाई आफ्नो इतर केहीको चिन्ता छैन
पहाडले लगाएको हरियो चौबन्दि र फरिया खोइ
आकाशले ओड्ने सत्तरङ्गी फुलबुट्टे बर्काेको चमक खोइ
पन्छिहरुको पखेटामा उत्साह खोइ
खोइ मृगबाशक र खरायोहरुमा चन्चलता
खोइ नित्यगाना मयुर र उसले नाच्ने साल्सा नित्य
खोइ पृथ्वी, पृथ्वी जस्तो खोइ ??

आकाश किन खुनको आसु रुन्छ
धर्तीको आक्रोश किन ज्वालामुखि बनेर बिष्फोट हुन्छ
नदिले किन बाटो बिराइ रहेछ
पहिरोले किन हाम्रै अनुहार लुछि रहेछ
अब गम्भीर भएर सोच्नै पर्छ मान्छेले
कि मान्छेको महत्वकाँक्षाको भोक कति भयानक बनी रहेछ !

मान्छेमा यति धेरै भोक छ
ता कि उसले प्रकृति खनिज जल जगँल खादा खादा
सिङ्गो पृथ्वी नै खान आटि सक्यो ।
ता कि, उसले आफ्नै अस्तित्व पनि
खान आटि सक्यो ।।

वि.सं.२०७७ साउन १७ शनिवार ०८:५६ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...