back
CTIZAN AD

लघुकथाः यथार्थता

वि.सं.२०७७ साउन १७ शनिवार

873 

shares

जन्मपछि मृत्यु निश्चित छ । जन्मेपछि मर्नु नै ध्रुवसत्य हो । सत्यदेखि जति भागे पनि एकदिन सबै जानुपर्छ । यस्तै कुराहरू खेलाउँदै भीमे बारीमा काम गर्दैथियो ।

अतिततिर फर्केर हेर्नु नचाहँदा नचाहँदै पनि मानिसले वर्तमानसित बाँच्नु पर्दोरहेछ । विवाह गरेपछि घरको जिम्मेवारी बड्दै गयो र उ परिवार लिएर धनबाद (भारत) गएको पनि धेरै साल भयो । छोरा छोरी पढाउने बढाउने कामले गर्दा बिस्तारै गाउँ घर भुल्दैजानु एक स्वाभाविक कुरा हो ।

भीमेले बिस्तारै त्यहीँ कोइला खानीमा काम गर्दै परिवारको भरणपोषण गरेपछि नानीहरू उतै पढे बढे । गाउँ घर फर्किने चाँजोपाँजो नमिलेर हो कि पैसाको अभाव हो । बिस्तारै बिस्तारै गाउँ घरको सम्झना मात्र भीमेको मनमा रह्यो ।

दुई लोग्ने स्वास्नी घरमा नेपाली बोले पनि नानीहरू भने हिन्दी बोल्नु मात्र जान्ने भए । वरिपरिको परिवेशसित ढल्नु थालेका नानीहरूलाई कति सिकाउँदा पनि उनीहरूले हिन्दीमा खुरूक्कै जवाब दिन्थे ।

समयको साथ नानीहरू पनि कमाउनु लाखापाखा लागे । यसरी दुई बुढाबुढीको जीवन चल्दै थियो । अचानक स्वास्नी बिमारी भएको देखेर भीमे अतालिनु थाल्यो । आखिरमा नानीहरू सबैलाई रातारात फोन गरेर घर बोलायो ।

केही दिनको बिमारपछि भीमेको स्वास्नीको निधन भयो। वरिपरिकाले रमिता हेरे । नेपाली भनेर कसैले लासमाथि हात लगाउने इच्छा गरेनन् । खबर कताकताबाट हामी गाउँले सामु आयो । हामी घर खोज्दै पुग्यौ । अति मार्मिक दृश्य। त्यहाँ परिवारका बाबु र छोरा छोरी बाहेक कोही थिएन । हामीलाई देखेर भीमेले आँखाबाट आँसु झार्यो । हामीले जानेजति नियम गरेर लास घाटसम्म पुरायौं ।

यसरी कति परिवार हाम्रो टुटेर कता कता पुगेका छन् । मानवताको नाताले यस्तो ठाउँमा पुग्नुपर्छ । सायद भीमे जस्तो पलायन भई पीड़ा भोगिरहेका अरू कति छन् होला हाम्रा सन्तानहरू भन्ने प्रश्न उठ्यो हाम्रो मनमा ।।

वि.सं.२०७७ साउन १७ शनिवार ०८:५३ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...