back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७७ साउन १७ शनिवार

1.7K 

shares

(१)
तिम्रै लागी ब्रत बसी, पूजा गर्ने दिन आउछ
हातमा तिम्रै नाम लेखी, बुट्टा भर्ने दिन आउछ
हरिया पहेला अनि राता, चुराहरु नाडी भरि सजाएर
सिउँदो भरि तिम्रो नामको, सिन्दुर छर्ने दिन आउछ ।।।
(२)
पहिले मान्ने तीज भन्दा,अहिले मान्ने तीज फरक
लाउने खाने कुरादेखी, सबै सबै चिज फरक
सस्कार भन्दा पनि धेरै, बिकृती बढ्न थालेपछि
देख्न थाले समाजभित्र, यस्ले रोप्ने बिज फरक …
(३)
तिम्ले मलाई मुटु भन्दा, प्यारो ठान्छु भनेपछि
हिम्मत गरि तिमीसँग , साँच्चै जान्छु भनेपछि
साईत होस या नहोस अब, पन्चे बाजा बजाई दिन्छु
तिम्ले मलाई मैले पुज्ने, देबता मान्छु भनेपछि…
(४)
पिउँदा पिउँदै ढिलो भयो, घर पुगें राती
श्रीमतीले कठालो समाई, हानी चार लाती
मैले पनि भन्दिहाले रक्सि, पिएको झोंकमा
तँ भन्दा त दोबाटोकि, भट्टीवाली जाती ..
(५)
कन्या केटी हुँ भन्थी, खुबै खोज्थी भाउ
होच्याएर मलाई भन्थि, दुई वटाको बाउ
मैले पनि उसको बारे, यसो बुझ्दै जाँदा
ऊ त रैछे आखिर झनै, चारवटाकी माउ…

ब्रत र गाई जात्रा (हास्य बिशेष)

वि.सं.२०७७ साउन १७ शनिवार ०८:५१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...