back
CTIZAN AD

कविताः आगो

वि.सं.२०७७ साउन १७ शनिवार

765 

shares

म प्याससित
मितेरी गाँसिरहेको बेला
तिमी नाचिरहेकी थियौ
पानीका फोहरासित
र प्रेमिल त्यो पानी
त्यो चाँदनी मुहारमा
चिप्लेटी खेलिरहेको थियो ।
भिजेको ओठबाट
मदिरा जस्तै तप्केर
पहाडी बाटोको बिचबाट
बगिरहेको पानीको मदहोशी देखेर
मरिजाउँ तिम्रो कस्सम
मलाई पनि पानी पानी भएर
चिप्लेटी खेल्न हुटहुटि जागेको कुरा
कसरी सुनाउँ तिमीलाई ?
पानीको तेज धार
दोभानको त्रिभुजलाई छोएर
आगो लगाइरहेको बेला
मेरो सामु साक्षात सौन्दर्य कि देवी
उभिएकी झैं लागिरह्यो ।
यति बेला म यद्यपि
अदृश्य उभिएको छु
तिम्रै छेऊछाऊ
र नियाली रहेको छु
सासको आरोह अवरोहबिच
छहराको सुसेलीसँगै ।
सोच्दैछु
अब आफ्नो प्यास मैले
आगोले बुझाउँ कि पानीले ?

वि.सं.२०७७ साउन १७ शनिवार ०८:५० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...