back
CTIZAN AD

त्रिचन्द्र क्याम्पस सार्ने भन्ने समाचार गलत भएको स्पष्ट

वि.सं.२०७७ साउन १७ शनिवार

804 

shares

१७ साउन, काठमाडौँ । रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो ।

क्याम्पसका प्रमुख प्रा डा सुनिल अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्रिचन्द्र क्याम्पसको स्थानान्तरणसम्बन्धी हालै बाहिरिएका समाचार गलत एवं भ्रामक भएको र यससम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसकोतर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ ।”

रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि (पहिले त्रिविको परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा) सार्ने समाचार सार्वजनिक भएको थियो । ती समाचार गलत र भ्रामक भएको त्रिचन्द्र क्याम्पसको भनाइ छ । एक सय वर्षभन्दा बढी पुराना ऐतिहासिक पुरातात्विक एवं शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षाकोठा २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माणका लागि अपिल मात्र गरेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७७ साउन १७ शनिवार १७:२३ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...