back
CTIZAN AD

मकवानपुरका २१९ घरेलु तथा साना उद्योग बन्द

वि.सं.२०७७ साउन १७ शनिवार

846 

shares

१७ साउन, काठमाडौँ । मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ ।

हाल मकवानपुरमा खारेज गरिएका बाहेक आठ हजार ७५६ वटा उद्योग सञ्चालनमा रहेको कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । साथै गत आर्थिक वर्षमा मात्रै एक हजार १४४ उद्योग नवीकरण भएका छन् । त्यस्तै २१३ वटा उद्योग फर्मको नामसारी भएको छ । अघिल्लो आवभन्दा गत आवमा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने सङ्ख्या घटेको छ । कार्यालय प्रमुख दाहालका अनुसार अघिल्लो आवमा एक हजार ९३१ उद्योग दर्ता भएका थिए भने गत आवमा उक्त सङ्ख्या घटेर एक हजार २६४ वटा मात्र दर्ता भएको बताइएको छ ।

कोरोना भाइरसका कारण यस वर्ष २०७६/७७ मा उद्योग दर्तामा कमी आएको अनुमान गरिएको छ । रु पाँच लाखभन्दा कम पूँजी लगानीका उद्योग स्थानीय पालिकामा दर्ता गर्नुपर्ने र कोरोना डरले नयाँ उद्योगी अन्योलमा परेपछि उद्योग दर्ता सङ्ख्या घटेको बताइएको छ । लकडाउनमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट राजस्व भने बढेको छ ।

प्राप्त विवरणअनुसार अघिल्लो आवमा रु एक करोड ७४ लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो भने गत आवमा त्योभन्दा अत्यधिक रु दुई करोड २४ लाख ४८ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षमा उद्योग कम दर्ता भए पनि राजस्व सङ्कलन बढी भएको थियो । गत वर्ष विशेष छुट दिइएको थिएन । अघिल्लो वर्षमा विशेष छुट दिइएको थियो । नवीकरण नगर्ने उद्योगलाई जरिवाना गरिएको थियो ।

गत वर्ष दर्तामध्ये ६४३ महिला र ९०८ पुरुष उद्योगी भएका छन् । उत्पादनमूलक उद्योगतर्फ ५०५ महिलाले र ३०० पुरुषले रोजगारी पाएको छ । कच्चा पदार्थको अभाव, उत्पादित सामान बिक्री नहुने कारण, थप पूँजीको अभाव, बैंकको ब्याज तिर्ने र घरभाडालगायत समस्याले उद्यमी समस्यामा परेको कर्राका काष्ट उद्योगी रामपुकार ठाकुरले गुनासो गरे । राष्ट्रिय तथ्याङ्क विभागले कारोना कारण २०७६ साल फागुनमा सञ्चालन गरेको औद्योगिक गणनासमेत स्थगित गरेको छ । सोअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले पनि औद्योगिक गणना स्थगित गरेको जनाएको छ । (रासस)

वि.सं.२०७७ साउन १७ शनिवार १७:३६ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...