back
CTIZAN AD

यस्तो छ नेपालमा साउन १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन १९ सोमवार

666 

shares

१९ साउन, काठमाण्डौं । नेपालमा सोमबार ( १९ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ९८ हजार ९०७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ७,६३७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,७३२ जनाको उपचार भइरहेको छ ।  आज थपिएका ४१८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको कूल संख्या २० हजार ७५० पुगेको छ भने आज ३५८ निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १४ हजार ९६१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ५७ पुगेको छ ।

आज ४१८ जनामा कोरोना संक्रमण
नेपालमा आज उपत्यकाका ५१ जनासँगै ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी पर्सामा ७१ जना, कैलालीमा ६७ जना, सप्तरीमा ५१ जना, मोरङमा ४६ जना, काठमाण्डौंमा ४३ जना महोत्तरीमा ३१ र धनुषाका ३० जना संक्रमित भेटिएका छन् । साथै भक्तपुरमा ५ र ललितपुरमा ३ जना थपिएका छन् । यो सँगै आज काठमाण्डौं उपत्यकामा ५१ जना थपिएका हुन् ।

आज काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,७५० पुग्यो

त्यस्तै कन्चनपुरमा १६ कास्कीमा ८, बाँकेमा ८, सुनसरीमा ५, झापा ५, अछाममा ४, बारामा ४, सिरहा ३ जना, रौतहट,सर्लाही, सुर्खेत, दैलेख र रुकुमपश्चिममा २/२ जना, रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङजा, रुपन्देही, बर्दिया र दाङमा १/१ जना गरी आज जम्मा ४१८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४१८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २० हजार ७५० पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा २९० प्रदेश २ मा २३५७ बाग्मति प्रदेशमा ६५१ गण्डकी प्रदेशमा २७२ प्रदेश नं ५ मा ३१५ कर्णाली प्रदेशमा २९८ र सुदूरपश्चिम प्रदेशमा १५४९ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् ।

आज ३५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज
नेपालमा आज ३५८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ३५८ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज ३५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज, निको हुनेको संख्या १४,९६१ पुग्यो

आज ३५८ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

कुन प्रदेशमा कति डिस्चार्ज भए त ?
प्रदेश १ मा ८७५ जना, प्रदेश २ मा ३१७६ जना, बाग्मति प्रदेशमा ४५३ जना, गण्डकी प्रदेशमा १,३३० जना, प्रदेश नं ५ मा ४,०६६ जना, कर्णाली प्रदेशमा १७२३ जना र सुदूरपश्चिम प्रदेशमा ३,२४८ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।

नेपालमा आजसम्मको कोरोना अपडेटः २०,३३२ संक्रमित, १४,६०६ जना निको, मृतकको संख्या ५७ पुग्यो

वि.सं.२०७७ साउन १९ सोमवार १८:१० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...