back
CTIZAN AD

आज काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,७५० पुग्यो

वि.सं.२०७७ साउन १९ सोमवार

777 

shares

१९ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकामा ५१ सहित ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी पर्सामा ७१ जना, कैलालीमा ६७ जना, सप्तरीमा ५१ जना, मोरङमा ४६ जना, काठमाण्डौंमा ४१ जना महोत्तरीमा ३० र धनुषाका ३० जना संक्रमित भेटिएका छन् । साथै भक्तपुरमा ५ र ललितपुरमा ३ जना थपिएका छन् । यो सँगै आज काठमाण्डौं उपत्यकामा ४९ जना थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ५, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, मोरङका ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४, मोरङका ९ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिरहाका ३ र सप्तरीका ५१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका १, महोत्तरीका ३० र धनुषाका ३० जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ७१ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १, काठमाण्डौंका ८, कैलालीका ३५ जना, कन्चनपुरका ८ जना र रसुवाका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा बाराका १, काठमाण्डौंका १७ जना र रौतहटका २ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका ५, ललितपुरका २, भक्तपुरका ४ जना, महोत्तरीका १, चितवनका १ र गुल्मीका १ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका १, काठमाण्डौंका २ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौं र दोलखाका १÷१ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डौंका ५ जना, ललितपुरका १ जना, वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा कठमाण्डौंका ३ जनमा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ६८५ पुग्यो, सोमबार मात्रै थपिए ५१ संक्रमित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ८ जना, प्रादेशिक क्षयरोग प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङजाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका १ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ८ जना, बर्दियाका १, दाङका १ र कैलालीका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका २ जना, चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा रुकुमपश्चिमका २ जनामा संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कन्चनपुरका ८ जना, कैलालीका ३१ जना र अछामका ४ जना गरी आज जम्मा ४१८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४१८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २० हजार ७५० पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका ३१ सहित २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,३३२ पुग्यो

वि.सं.२०७७ साउन १९ सोमवार १६:५१ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...