back
CTIZAN AD

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल

वि.सं.२०७७ साउन १९ सोमवार

960 

shares

१९ साउन, काठमाडौँ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालय पूर्ण रुपमा सिल गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काद्वारा जारी सूचनामा बाँके जिल्लामा पनि उच्च जोखिममा रहेको अवस्थामा यस उपमहानगरपालिकामा कार्यरत केही जनप्रतिनिधि तथा कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले अर्को सूचना नभएसम्मका लागि कार्यालय पूर्णरुपमा सिल गरिएको जनाइएको छ ।

आज बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत र एक जना वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पताल नेपालगन्जमा सोमबार गरिएको कोरोना परीक्षणमा उपमहानगरपालकिाका कार्यकारी अधिकृत र एक जना वडाध्यक्षलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

बाँकेमा अहिलेसम्म ४ सय ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ८८ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

वि.सं.२०७७ साउन १९ सोमवार १६:४९ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...