back
CTIZAN AD

कुलबिर थापामगरको शालिक निर्माण कार्यमा बागलुङ समाज युकेको सहयोग

वि.सं.२०७७ साउन १९ सोमवार

678 

shares

३ अगष्ट, फानबरो, यूके । ग्रेटर रशमोर नेपाली कम्युनिटी(जि.आर.एन.सि)ले बनाउन लागेको प्रथम भि.सि बिजेता हवल्दार कुलबिर थापामगरको शालिक निर्माण कार्यमा विभिन्न नेपाली समुदायबाट ऐक्यबद्धता जनाउने क्रममा बागलुङ समाज युकेले सहयोग गरेको छ ।

२ अगष्ट २०२० को दिन फानबरोस्थित रशमोर काउन्सिलको प्राङ्गढमा बाग्लुड समाज युकेको बिशेष पहलमा उठाइएको १ हजार १० पाउण्ड रकमको चेक हस्तान्तरण गरेका हुन् ।

समाजका अध्यक्ष श्रीमती छबीमाया पुन मगरको नेतृत्वमा उपाध्यक्ष खर्डक बहादुर थापा मगर, सहकोषाध्यक्ष हिरा बहादुर पुन मगर, सल्लाहकार श्रीमती नरमती पुन मगर एरिया संयोजक फानब्रो हिरा बिक, सदस्य्हरू श्रीमती रूकमाया थापा, सुबास पुनहरूको उपस्थितिमा आफ्नो संंस्थाबाट संकलित रक़मको चेक जि.आर.एन.सि (ग्रेटर रशमोर नेपाली कम्युनिटी) का अध्यक्ष राम धन राई साथै जि.एम.पी. प्रोजेक्ट संयोजक मेजर खिम गौचन र संयूक्त रुपमा प्रोजेक्टका जि.आर.एन.सी कोषाध्यक्ष टोप पल्ली, साथै प्रवक्ता तथा जि.आर.एन.सीका पुर्वअध्यक्ष ओम थापा काउचा सदस्य बिर बलालको सहभागितामा चेक हस्तान्तरण गरेका थिए ।

ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष राम धनराईले बिषेस धन्यबाद मन्तब्य व्यक्त गरेका थिए भने परियोजनाका संयोजक मे.रि खिम गौचनले प्रोजेक्टको गतिविधिका बारेमा प्रकाश पार्दै सबैको सदैव सल्लाह सुझावको अपेक्षा रहेको बताए । बागलुङ समाज युकेका अध्यक्ष छबीमाया पुनले यस ऐतिहासिक प्रोजेक्टमा सहंभागी हुने अवसर दिएकोमा प्रोजेक्टका सयोजकका साथै टिमलाई धन्यबाद दिँदै सफलता को कामना दिएका थिए ।

यस्तै सल्लाहकार नर्मती पुन काउचाले यस ऐतिहासिक कार्यमा खटिने टिमका संयोजक साथै टिमलाई यस पिता पुर्खा को सम्मानमा यस्तो गरिमाय कार्य गर्नु निम्ती हाम्रो गोर्खा समुदायको कुलदेवताको आर्शिवाद प्राप्त होस र सोचेको भन्दा राम्रोसंग सम्पन्न होस भनी शुभकामना ब्यक्त गरे ।

बिद्यमान कोरोना भाइरस संक्रमणमा अपनाइनुपर्ने सरकारको नितिलाई मध्यनजर गर्दै सामाजिक दूरिलाई बिशेष ध्यान दिँदै कार्यक्रम सम्पन भएको प्रोजेक्ट प्रवक्ता ओम थापा काउचाले जानकारी दिए ।

वि.सं.२०७७ साउन १९ सोमवार १५:३० मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...