back
CTIZAN AD

मलेसिया कुटपिटको घटना : घटनाका पीडित र पीडक दुवै नेपाली, दुवै अवैधानिक कामदार

वि.सं.२०७७ साउन १९ सोमवार

942 

shares

काठमाडौं । मलेसियामा भएको कुटपिटको घटनाका पीडित र पीडक दुवै नेपाली भएको खुलेको छ । मलेसियास्थित नेपाली दूतावासले सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै घटनाको बारेमा जानकारी गराएको हो ।

विज्ञप्तीमा जनाइएअनुसार घटनाका पीडित र पीडक दुवै नेपाली रहेको र दुवै अवैधानिक रुपमा मलेसियामा कार्यरत रहेको भेटिएको छ । जनाइएअनुसार घटनाका पीडित व्यक्ति नवलपरासीका ईस्लाम हुसेन हुने भने पीडक कपिलवस्तुका रामगोपाल मुराउ हुन ।

सम्बन्धित समाचार

मलेसियामा कुटिएका नेपालीको घटनाबारे अनुुसन्धान शुरु

दूतावासले जनाएअनुसार कुटपिटको घटना ७ जुलाई २०२० को बिहान भएको थियो । पीडित व्यक्ति सेक्यूरिटी गार्ड र पीडक सोही कम्पनीमै सुपरभाईजरको रुपमा कार्यरत रहेका छन् ।

दूतावासले घटनाको भिडियो सार्वजनिक भएसँगै दुवैलाई सम्र्पकमा ल्याएर छलफल गरेको थियो । दूतावासले जनाएअनुसार अहिले घटनाबारे क्वालालम्पूरस्थित वाङ्सामाजुस्थित प्रहरी स्टेशनमा अनुसन्धान भईरहेको छ । अहिले दुवैजना प्रहरी नियन्त्रणमा छन् ।

Image may contain: text

वि.सं.२०७७ साउन १९ सोमवार १५:१७ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...