back
CTIZAN AD

नेपालगञ्ज उपमहानगरका कार्यकारी अधिकृत र वडाध्यक्षलाई कोरोना संक्रमण

वि.सं.२०७७ साउन १९ सोमवार

687 

shares

१९ साउन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत र एक जना वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा सोमबार गरिएको कोरोना परीक्षणमा उपमहानगरपालकिाका कार्यकारी अधिकृत र एक जना वडाध्यक्षलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ५४ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा ती मध्ये दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका दुवै जनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा पठाइएको फोकल पर्सन श्रेष्ठले बताए ।

पछिल्लो २४ घण्टामा १९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

बाँकेमा अहिलेसम्म ४ सय ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ८८ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

वि.सं.२०७७ साउन १९ सोमवार १५:०१ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...