back
CTIZAN AD

कहाँ बेपत्ता भइन् शुसान्तकी प्रेमिका ? प्रहरी भन्छ-तपाई सत्य हो भने अगाडि आएर साथ दिनुहोस्

वि.सं.२०७७ साउन १९ सोमवार

774 

shares

वलिवुड अभिनेता शुसान्त सिंह राजपुतको आत्महत्याको घटनाले नयाँ–नयाँ रुप लिदै गएको छ । केही दिन अघि उनको बैंक स्टेटमेन्टले उनकी प्रेमिका रिया चक्रवर्तीले पूजाको लागि भन्दै धेरै पटक पैसा निकालेको र आफ्नो भाइ लगायतका नजदिकका आफन्तका लागि शुसान्तको खाताबाट पैसा ट्रान्जेक्सन गराएको समाचार बाहिर आएको थियो ।

त्यस्तैमा दुई-तीनदेखि रिया बेपत्ता भएको र उनले फोन समेत स्वीच अफ गरेर राखेको बिहार प्रहरीको आरोप छ ।

विहार प्रहरीका डीजीपी गुप्तेश्वर पाण्डेले एक टिभी चैनलमा अन्तरवार्ता दिँदै रियाले फोन अफ गरेर तीन–चार दिनदेखि वेपत्ता भएको आरोप लगाएका हुन् ।

‘रिया तीन चार दिनदेखि बेपत्ता छन्, उनको फोन पनि बन्द रहेको छ । हामी चाहान्छौं कि, रिया अगाडि आएर अनुसन्धानमा साथ देउन् । हामी उनीसँग केही प्रश्न सोध्न चाहान्छौं, यस्तो होइन कि उनी हाम्रो अगाडि आउने बित्तिकै हामी उनलाई सजाय दिन्छौं ।’

उनले पुनः भनेका छन्, ‘इमोशनल भिडियो राखेर केही हुँदैन । यदि तपाई सत्य हुनुहुन्छ भने बाहिर आएर प्रहरीसँग कुरा गर्नुहोस् र सत्य जान्नका लागि प्रहरीलाई सहयोग गर्नुहोस् ।’ उनले रियासँग अनुरोध गर्दै शुसान्तको केशको मामलामा निष्पक्ष जाँच हुनुपर्ने समेत बताएका छन् ।

शुसान्तको केश अनुसन्धानमा महाराष्ट्र पुगेका प्रहरीलाई क्वारेन्टिनमा राखियो
उता शुसान्तको आत्महत्या केश अनुसन्धानका लागि आइतबार मुम्बई पुगेका पटनाका एसपी विनय तिवारीलाई बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले क्वारेन्टिनमा राखिदिएको छ । साथै उनको हातमा क्वारेन्टिनमा रहेको जनाउने छाप समेत लगाइदिएका छन् । उनलाई भनिएको छ कि अर्को आदेश नआउदासम्म एक घरमा क्वारेन्टिनमा बस्नुपर्नेछ । अब उनले शुसान्तको केशमा जाँचका लागि कसैसँग भेट्न पाउने छैनन् ।

उनलाई क्वारेन्टिनमा राखिएसँगै बिहारका मुख्यमन्त्री नितिश कुमारले आक्रोश व्यक्त गरेका छन् । उनले यो ठिक नभएको बताउँदै बिहार प्रहरीले आफ्नो काम गरिरहेको र यसलाई राजनीतिसँग जोड्न नहुने बताएको पनि भारतीय संचारमाध्यमले लेखेका छन् ।

यता बिहार प्रहरीले जर्वजस्ती क्वारेन्टिनमा राखेको आरोप लगाएको छ भने । बिहारका डीजीपी गुप्तेश्वर पाण्डेले ट्विटमा लेख्दै भनेका छन् ‘ राती ११ बजे बिएमसीका पदाधिकारीले उनलाई जर्वजस्ती क्वारेन्टिनमा राखिदिए । अनुरोध गर्दा पनि आइपीएस मेसमा बस्ने व्यवस्था गरिदिएनन् । अब उनलाई गोरेगाँवको एक गेष्टहाउसमा राखिदिएका छन् ।’ उनले यसबारेमा महाराष्ट्रका डीजीपीसँग कुरा गर्ने समेत बताएका छन् ।

यसबारेमा विएमसीका पदाधिकारीले राज्य सरकारको निर्देशन तथा नियम अनुसार उनलाई क्वारेन्टिनमा राखेको बताएका छन् । यदि उनलाई कोरोनाको लक्षण देखियो भने पछि कोरोना जाँच गरिने छ । राज्य सरकारले २५ मई देखि एक आदेश जारी गर्दै कुनै पनि ठाउँबाट विमानमा आउनेहरुलाई क्वारेन्टिन राखिनुपर्ने बताइएको र सोहि नियम अनुसार तिवारीलाई पनि क्वारेन्टिनमा राखिएको बताएका छन् । तिवारी पनि बिहारबाट प्लेन चढेर मुम्बई पुगेका थिए ।ऐजेन्सी

वलिवुड अभिनेता शुसान्तको आत्महत्याबारे बैंक स्टेटमेन्टले गर्यो यस्तो खुलासा

वि.सं.२०७७ साउन १९ सोमवार १४:५७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...