back
CTIZAN AD

वलिवुड अभिनेता शुसान्तको आत्महत्याबारे बैंक स्टेटमेन्टले गर्यो यस्तो खुलासा

वि.सं.२०७७ साउन १८ आइतवार

699 

shares

वलिवुड अभिनेता शुसान्तको बैंक स्टेटमेन्टले एउटा नयाँ खुलासा गरेको छ । उनको खाताबाट उनकी प्रेमिका रिया चक्रवर्तीले पटक–पटक पैसा निकालेर विभिन्न शिर्षकमा खर्च गरिएको देखिएको छ ।

उनले कोटक महिन्द्रा बैंकमा रहेको शुसान्तको खाताबाट पूजा पाठकै लागि भनेर ५ पटकसम्म झण्डै ३ लाख बढी रकम निकालेको पाइएको छ । साथै उनले आफ्नो मेकअप मात्रै नभएर आफ्ना भाइ तथा परिवारका लागि शुसान्तको बैंकबाट पैसा निकालेको बैंक स्टेटमेन्टले खुलासा गरेको छ ।

बैंक स्टेटमेन्टका अनुसार सुशासन्तको खातामा रहेको ४.६४ करोड भारु ९० दिनमै घटेर १.४ करोडमा झरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

खाताबाट धेरैजसो पैसा रियाको मेकअप, सपिङ र उनको भाइका लागि खर्च गरिएको पाइएको छ । रियाले बारम्बार यसरी पूजाकै लागि रकम निकालेको पाइएपछि शुसान्तका परिवारले रियाले आफ्नो छोरालाई जादु टुना लगाउनका लागि यो पैसा खर्च गरेको आरोप समेत लगाएका छन् ।

उनको खाताबाट पूजा सामग्रीका लागि भन्दै २०१९ को १४ जुलाईमा ४५ हजार, २२ जुलाईमा ५५ र ३६ हजार, २ अगस्तमा ८६ हजार, ८ अगस्तमा पंडितलाई दक्षिणाका लागि भन्दै ११ हजार, १५ अगस्तमा ६० हजार रुपैयाँ निकालेको पाइएको छ ।

त्यस्तै १४ अक्टोबरमा रियाको भाइ शोविकको एकाउन्टमा ८१,९०१, १४ अक्टोबरमै रियाको भाइ शोविकको नाममा होटल खर्चका लागि भन्दै ४.७ लाख, १५ अक्टोबरमा होटल ताजमा बस्नका लागि भन्दै ४.३ लाख, रियाका भाइ शोविकका लागि १६ अक्टोबरमा ७६ हजारको हवाई टिकट, १४ नोभेम्बरमा रियाको नाममा डेढ लाख ट्रान्जेक्सन, २० र २१ नोभेम्बरमा रियाको मेकअप र सपिङका लागि ७५ हजार, २४ नोभेम्बरमा सपिङको लागि २२,२२०, रियाको भाइको ट्युशन फिलगायत धेरैपटक विभिन्न शिर्षकमा पैसा ट्रान्जेक्सन भएको पाईको छ ।

वि.सं.२०७७ साउन १८ आइतवार १५:०९ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...