back
CTIZAN AD

प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारी बढी भ्रष्ट !

वि.सं.२०७७ साउन २० मंगलवार

774 

shares

२० साउन, काठमाडौँ । अख्तियारले एक महिनाको अवधिमा विशेष अदालतमा मुद्धा दता गरेकोमध्ये विशेष गरी प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारी बढी भ्रष्ट रहेको पाइएको छ ।

अख्तियारले गत २७ जेठदेखि १४ साउनसम्म प्राविधिक क्षेत्रका ११ कर्मचारीविरुद्ध अकुत सम्पति कमाएको अभियोगमा मुद्धा दायर गरेको छ ।
उनीहरुले कुल २७ करोड १९ लाख ५ हजार ११९ बराबर स्रोत नखुलेको सम्पति जम्मा गरेको पाइएपछि विशेष अदालतमा मुद्धा दर्ता भएको मंगलबारको राजधानी दैनिकमा समाचार छ ।

धेरैले सरकारी पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पति कमाएको देखिन्छ । प्राविधिक क्षेत्रका कर्मचारीले अवैध कोटेसन तयार पार्ने, आयोजनाको सुरुवातदेखि अन्तिममा विल फरफारक गर्ने समयमा समेत उनीहरुले घुस लिने गरेको देखिन्छ ।

अख्तियारले स्रोत देखाउन पटक-पटक आग्रह गर्दा समेत उनीहरुले स्रोत खुलाउन नसकेको अध्ययनबाट खुलेको छ । विशेष गरी प्राविधिक कर्मचारीले नक्कली कागजात बनाउन आफै लगाउने र सोबापत पैसा माग गरेको पाइएको छ ।

अख्तियारले अकुत सम्पति कमाएको अभियोग लागेका सिनियर डिभिजनल इन्जिनियर तथा प्राविधिक कर्मचारीका आफन्त, नातागोताको समेत सम्पति छानविन गरेको छ ।

यस्तै, साली नाता पर्ने भन्दै कुनै साइनो तथा सम्बन्ध नै नभएका व्यक्तिको नाममा समेत अवैध तरीकाले कमाएको पैसा राखेको पाइएको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार ०९:३५ मा प्रकाशित

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...