back
CTIZAN AD

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

वि.सं.२०७७ साउन २० मंगलवार

726 

shares

२० साउन, गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उनले बताए । “पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो”, प्रहरी उपरीक्षक अधिकारीले भने, “पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।”

पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन पालुङटार क्षेत्रमा साँझ ठूलो सङ्ख्यामा प्रहरी परिचालनसमेत गरिएको थियो । रासस

वि.सं.२०७७ साउन २० मंगलवार ०९:३० मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...