२० साउन, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख नाघेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५९ हजार पुग्न लागेको छ ।
सोमबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ४८ लाख ६२ हजार १ सय ७४ रहेको छ भने कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या १ लाख ५८ हजार ९ सय २९ रहेको छ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ४८ हजार ६ सय २२ नयाँ कोरोना संक्रमितहरु थपिएका छन भने संक्रमणबाट ५ सय ६८ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन २० मंगलवार ०९:२६ मा प्रकाशित





























