back
CTIZAN AD

च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसाताबाट शुरु हुदैँ

वि.सं.२०७७ साउन २० मंगलवार

810 

shares

२० साउन । कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् ।

युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) ले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल संचालन गर्ने वा नगर्ने अन्यौल थियो ।

अन्तमा युरोपेली फुटबल महासंघले एउटा जुक्ती निकालेको छ । दुबै प्रतिस्पर्धालाई अब निर्धारित एक रंगशालामा सबै खेल खेलाइनेछ । यी खेलहरुमा दर्शकलाई प्रवेश गराइने छैन ।

च्याम्पियन्स लिग आगामी अगस्ट १२ मा शुरू हुनेछ र अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा खेलाइनेछ । फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ ।

यस्तै, युरोपा लिगका सबै खेल जर्मनीका विभिन्न रंगशालामा यही अगस्ट १० देखि खेलाइनेछ र फाइनल खेल अगस्ट २१ मा कोलोनमा हुनेछ ।

वि.सं.२०७७ साउन २० मंगलवार १०:१९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...