अब नेपाल कम्युनिस्ट पार्टी फुट्ने सम्भाबना टरेको देखिन्छ । अन्य शक्तिहरु बिशेष त भारतले नेपालमा बलियो सरकार र पार्टी देख्न चाहदैन भन्ने बुझाई गलत हैन । तर छद्म रुपमा ति शक्तिहरुले कति बेला कसलाई प्रयोग गरेका हुन्छन् भन्ने बारे भने हामीमा सधै भ्रम पर्दै आएको छ । अरुलाई भारत परस्त भन्ने आरोप लागाउँदा आफु ठुलो राष्ट्रवादी बन्न सकिन्छ भन्ने धारणा नेताहरुमा रहदै आएको कारण अब जनता पनि त्यसैमा अभ्यस्त भएको देखिन्छ । यदि अहिलेको नेकपाको बहुमत नेतृत्व प्रति लगाइएको यो अभियोग सत्य भएको भए आजसम्म एकीकृत पार्टी हुदैन थियो । पार्टी फुटाएको आरोप अरुलाई लगाउने असफल प्रयास सफल हुन् सकेन यस पटक । अहिलेसम्मको घटनाक्रम एकपक्षको असिम चाहनाको बाबजुद पनि अर्को पक्षको सुझबुझ र जिम्मेदार निर्णयको कारण अहिले पार्टी फुट्ने दिशातिर अगाडी बढ्ने देखिदैन र त्यतातिर जानु पनि हुँदैन ।
पार्टीको जानकारी बिना सरकारद्धारा दल बिभाजन र सबैधानिक परिषद सम्बन्धि दुइवटा अध्यादेश जारी भएसंगै एक पक्षिय रुपमा पार्टी फुटको घोषणा भएको थियो । तर अकल्पनीय घटना शृंखलाको कारण त्यो कदमवाट पछि हट्न बाध्य भएको हो । समाजवादी पार्टीको एकता प्रक्रियालाई रोक्न सकिएको भए हाम्रो पार्टी पनि फुटी सकेको हुन्थ्यो । त्यसपछि पनि पार्टीको मूल (बहुमत) नेतृत्वलाई पार्टी फुटतिर अग्रसर गराउन विभिन्न उपायहरु लगाउँदै आयो । नयाँ नेपालको नक्शा प्रक्रियामा एकलौटी जस लिन खोज्नु, आफु बाहेक अरु सबैलाई भारतीय दलाल सम्झने,पार्टीको बिधि बिधान भन्दा दुइजना अध्यक्ष त्यसमा पनि आफुलाई मात्र सर्बेसर्बा ठान्ने, अरु कसैलाई सम्मान नगर्ने, अरुको अस्तित्वलाई स्वीकार नगर्ने, पार्टीभित्र भन्दा बाहिर सहकार्य र सहमति खोज्ने कारणहरु त छदै थियो अझ भारतले आफुलाई हटाउन लागेको र पार्टीका उच्च नेताहरुले पनि त्यसैलाई साथ् दिएको सार्बजनिक प्रश्तुतिले गर्दा नै अहिलेको अवस्था सिर्जना भएको हो ।
पार्टीको सचिबालय र स्थाई समितिलाई आफ्नो प्रतिकुल नहुने देखेपछि निस्क्रिय बनाउने । केन्द्रीय समितिलाई समेत स्वीकार नगर्ने अति गैरजिम्मेदारी क्रियाकलाप हुदै आएको देखिन्छ । सरकार र पार्टी गतिबीधि बारे छलफल चलाउँदा नेतृत्व परिबर्तन समेत गर्न पर्ने धारणा आउनु स्वाभाविक हो । तर, बैठकनै बस्न नदिने छलफल नै हुन् नसक्ने स्थिति देखियो । स्थाई समितिको पछिल्लो बैठक एक अध्यक्षले स्थगित गरेपछि अर्का अध्यक्षले बहुमतको आधारमा कारबाही गरेपछि निर्बाचन आयोगमा दर्ता भैसकेको पुरानै पार्टी सक्रिय गर्ने तयारी भै सकेको थियो । तर बहुमत जिम्मेवार नेतृत्वले सचेत ढंगले सोच विचार गरि प्राप्त उपलब्धिहरुको रक्ष गर्न सक्रिय भएको छ । यो सुझबुझलाई कमजोरीको रुपमा बुझ्नु हुदैन । यो कसैको हार जित भन्दा पनि नेतृत्वको सहि कदमको रुपमा बुझ्नु पर्छ । पार्टी फुटेपछि के–के न पाउला भनेर मुख मिठ्याउनेहरु भोकै बस्न पर्ने अबस्था आउने छ ।
पटक-पटकको पार्टीभित्रको उतार चढावले विभिन्न खालका प्रबृत्तिहरुको पहिचान गर्न सजिलो भएको छ । अब केहि समयको गृहकार्यले पार्टी एकताको भाब सहित एउटा नयाँ सोचसहित अगाडी बढ्ने छ । सबै नेता कार्यकर्तामा रुपान्तरण अनिबार्य छ । यो छलफल बाद–बिबाद केवल सत्ता र शक्ति प्राप्तिको लागि मात्रै हो वा पूर्ब पार्टीहरु बिचको मात्रै किचलो हो भनेर बुझ्न खोजियो भने समस्याको समाधान हुने छैन । आफ्ना कमि कमजोरीलाई स्वीकार गरि नयाँ ढंगले अगाडी बढ्नुपर्ने अहिलेको आबश्यकता हो । तोकिएको समयमा महाधिबेशन गरि भाबी कार्यदिशा र रणनीति तय गर्नु पर्दछ ।
नेपाल र नेपालीको भबिश्य सक्षम र समृद्ध बनाउन आजसम्म हाम्रो पार्टीले जसरी राजनीतिक नेतृत्वको पहल कदमी लियो त्यसलाई संस्थागत गर्दै अन्य आर्थिक सामाजिक र सांस्कृतिक बिकासका लागि संसारभर छरिएका सबै प्रकारका नेपालीहरुलाई एउटा अभियानमा संलग्न गराउन आबश्यक छ । हामि सदस्य शुभचिन्तकहरुले पनि आफ्नो गुट र नेताको पछि लागेर आफ्नो स्वार्थ मात्रै प्राप्त गर्ने वा नेतृत्वको असम्क्षयतालाइ मात्र उजागर गरि आफुले केहि गर्न न पर्ने सजिलो बाटो रोज्नुको सट्टा सबैले सक्दो ब्यबहारिक रुपमा सम्भब भएका कामहरु गर्दै जानु पर्छ । देश नेताहरुको मात्रै हैन जिम्मेवारी हाम्रो पनि छ ।
वि.सं.२०७७ साउन २० मंगलवार १०:२२ मा प्रकाशित





























