back
CTIZAN AD

देसभक्त शक्ति निर्माणतिर पो लाग्ने हो कि !

वि.सं.२०७७ साउन २० मंगलवार

648 

shares

अब तेस्रो शक्ति निर्माणको आवस्यकता खट्कियो । यसमा वामपक्षधर सबै माओवादी र एमालेभित्रका स्वच्छ, सच्चा र क्रान्तिकारी कम्युनिस्ट अनि अन्य सत्ताबाहिरका विप्लव समेतका सबैजसो शक्ति, व्यक्ती र प्रवृत्तिहरु सग्लै वा एक्लै दुक्लै गरी मिल्न-मिलाउन सुरु गरिहाल्नु जरुरी भो ।

अब नेपालका पुराना जुनसुकै नामका राजनीतिक शक्ति, व्यक्ती र नेता-नेतृबाट देस र जनताको स्वत्व, अस्तित्व, अस्मिता, सार्वभौमिकता र स्वाभिमानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन हुने छाँट छैन । उनीहरुबाट न कम्युनिस्ट आन्दोलन-कम्युनिस्ट क्रान्तिकारी विचार, वर्ग र व्यवहार अनि संगठन, संघर्ष, संस्कार र संस्कृति)को न त राष्ट्रिय र जनवादीरलोकतान्त्रिक आन्दोलनको रक्षा, प्रयोग, विकास, विस्तार, सफलतारविजय र अग्रगमनको नेतृत्व हुन सक्ने भयो ।

त्यसैले अब तेस्रो शक्ति निर्माणको आवस्यकता खट्कियो । यसमा वामपक्षधर सबै माओवादी र एमालेभित्रका स्वच्छ, सच्चा र क्रान्तिकारी कम्युनिस्ट अनि अन्य सत्ताबाहिरका विप्लव समेतका सबैजसो शक्ति, व्यक्ती र प्रवृत्तिहरु सग्लै वा एक्लै दुक्लै गरी मिल्न-मिलाउन सुरु गरिहाल्नु जरुरी भो । तसर्थ पहिलो पिंढी, पंक्ति र प्रवृत्तिका नेता-शासकहरु सबैले यो जरुरत बुझेर आफ्नो स्वइच्छा, स्वविवेक र स्वनिर्णयले आआफ्ना स्थान, मान र सानयुक्त काम, कर्तब्य र हकभोगबाट राजीनामा दिएर वा रिटायरमेण्ट लिएर ससम्मान विदा हुनु स्वयं आफ्नो र आफ्नो योगदान र इतिहासको अनि जनताको, राष्ट्रको र आन्दोलनको हितमा हुन्छ ।

अन्यथा पछिल्ला पिंढी र तिनका नेताहरुले अघिल्ला पिंढी र तिनका नेताहरुलाई सचेत, सुनियोजित, सुसंगठित र सशक्त संघर्षद्वारा अली असहज, अप्रिय र अपमानजनक रुपमा बहिर्गमन गर्ने जिम्मेवारी पूरा गर्नेछन् । यो जिम्मेवारी पूरा गर्नको लागि दोस्रोरतेस्रो पिंढी, पंक्ती र प्रवृत्तिका अर्थात् स्वच्छ, सरल, सदाचारी, साहसी, सकृय, समर्पित, स्वाभिमानी, स्वनिर्भर र स्वविवेकी चिन्तन र चरित्रका नेता-नेतृहरु यथेष्ट ज्ञान, ध्यान र ज्यानका साथ यतातिर अर्थात् साँच्चिकै नयाँ क्रान्तिकारी र देसभक्त शक्ति निर्माणतिर पो लाग्ने हो कि ? नत्र त बर्षातको बाढीले ‘लौरी पनि म पनि सङ्गै सललल’ बगाएझैं आज पार्टी र तिनका नेता-शासकहरुमा क्रोनिक बनेका भ्रष्टाचार, कमिसनखोरी, घुसखोरी, परिवारवाद, गुटवाद, फुटवाद, राष्ट्रघात, जनघात, जनतन्त्ररलोकतन्त्रघात र गद्दारीको वर्तमान बाढीले कम्युनिस्ट वा लोकतान्त्रिक आन्दोलन र राष्ट्रकै भविष्यलाई समाप्त पार्ने देखिन्छ ।

स्मरण रहोस्, नयाँका नाममा अनुहार नयाँ मात्र नयाँ होइन र बाबुराम जस्तो पुरानै पश्चगामी, प्रतिगामी, पुनरुत्थानवादी चिन्तन र चरित्र भएका पात्र र प्रवृत्तिहरुको पुनर्जीवन नहोस् । चेतना भए होश गरौं, हिम्मत गरौं र हाम्रो हक भोग रउपयोग गरौं अनि आफ्नो वर्तमानको राष्ट्रिय जिम्मेवारी र भविष्यका सन्ततिहरुप्रतिको जवाफदेहीता पूरा गरौं । यसरी अन्ततः आफ्नो जीवन सफल र सार्थक तुल्याऔं ।

वि.सं.२०७७ साउन २० मंगलवार १४:०२ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...