back
CTIZAN AD

गैह्रजिम्मेवार मान्छे बाहिर खोज्नु पर्दैन, मेरै पार्टीमा छन् : प्रधानमन्त्री ओली

वि.सं.२०७७ साउन २० मंगलवार

771 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा पनि गैह्र जिम्मेवारी प्रवृत्ति बढेको भन्दै असन्तुष्टी पोखेका छन् । उनले आफ्नै पार्टी सत्तारुढ नेकपाभित्र गैह्रजिम्मेवार व्यक्तिहरु रहेको टिप्पणी गरे ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले संकटको बेलामा आफ्नै पार्टीभित्रबाट गैह्रजिम्मेवार व्यवहार भएको टिप्पणी गरे । उनले कोरोना माहामारीलाई आफ्नै पार्टीका नेताहरुले गैह्रजिम्मवारी तरिकाले लिएको भन्दै आक्रोश पोखे । केन्द्रीय समिति बैठकको मागप्रति उनले गैह्रजिम्मेवारपन भएको टिप्पणी गरे ।

‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ, यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोंच केही पनि छैन । तर बैठक चाहिँ चाहियो भन्नेर कुरा त मेरै पार्टीमा छ।’

सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोंच केही पनि छैन । तर बैठक चाहिँ चाहियो भन्नेर कुरा त मेरै पार्टीमा छ।

उनले नेताहरुमा देश र जनताप्रति कुनै जिम्मेवारी बोध नभएको टिप्पणी गरे । आक्रोशित हुँदै उनले भने, ‘स्थायी कमिटी अहिले नै बस्नुपर्योज, भरे बस्नुपर्योट त्यसबाहेक केही छैन। यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृत्ति निकै देखिन्छ।’

संकटको बेलामा सञ्चारमाध्यमले पनि साथ नदिएको गुनासो ओलीको छ । उनले सञ्चारमाध्यमको भूमिका विरोध गर्ने खालको मात्रै भएको टिप्पणी गरे ।

‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध गर्नेु’, ओलीले भने ‘कहिले क्वारेन्टाइनमा राख्यो भन्नो किन राख्यो भने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन भन्ने । लकडाउन गर्यो भने किन गर्योइ भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने।’

वि.सं.२०७७ साउन २० मंगलवार १६:२६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...