back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका ६२ सहित २५९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २१ हजार नाघ्यो

वि.सं.२०७७ साउन २० मंगलवार

921 

shares

२० साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका ६२ जनासहित  २५९ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ४८ जना, सर्लाहीमा २६ जना, मोरङमा २२,कैलालीमा २२ जना, महोत्तरीमा १५, धनुषामा १२, सुनसरीमा १२, बाँकेमा ११ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यस्तै आज भक्तपुरमा १३ जना र ललितपुरमा १ जना गरी उपत्यकामा जम्मा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, मोरङका २, सुनसरीका ९ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ३, सुनसरीका ३ र मोरङका १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा धनुषाका १, इलामका २, झापाका ४ जना, मोरङका १०, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका १, सप्तरीका ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १२, महोत्तरीका १५,सर्लाही र सिरहाका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बझाङका १, भक्तपुरका ११, काठमाण्डौंका ३८, सर्लाहीका २५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ६, पर्साका १, रौतहटका १ जना, विर अस्पताल काठमाण्डौंमा गरिएको परीक्षणमा धनुषाका १ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौंका ५,मोरङका १, नुवाकोटका २, स्याङजाका १, तनहुँका १, रुकुमपश्चिमका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुर र चितवनका १÷१ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका १, काठमाण्डौंका २, ललितपुर र रुपन्देहीका १÷१ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यस्तै विआइडिएच ल्याव काठमाण्डौंमा गरिएको परीक्षणमा काठमाण्डौंका ३ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा बारा र भक्तपुरका १/१ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका १ जना, लम्जुङका १ जना, पर्वतका १, स्याङजाका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ५, रुपन्देहीका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ११, सल्यानका २ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा कपिलवस्तुका २, रुपन्देहीका २ र सल्यानका १ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ११, कैलालीका २२ गरी जम्मा २५९ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१ हजार ९ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,७५० पुग्यो

वि.सं.२०७७ साउन २० मंगलवार १७:३० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...