२० साउन, काठमाण्डौं । आज ६५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १५ हजार २६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ६५ जनाले आज कोरोनालाई जितेर घर फर्किएका हुन् ।
यस्तो छ निको हुनेको प्रदेश विवरण
प्रदेश १ मा ८७५ जना, प्रदेश २ मा ३,१८४ जना, बाग्मति प्रदेशमा ५४३ जना, गण्डकी प्रदेशमा १,३४८ जना, प्रदेश नं ५ मा ४,०७० जना, कर्णाली प्रदेशमा १७३० र सुदूरपश्चिम प्रदेशमा ३२७६ जना गरी हालसम्म १५ हजार २६ जना निको भएका हुन् । file -photo
आज ३५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज, निको हुनेको संख्या १४,९६१ पुग्यो
वि.सं.२०७७ साउन २० मंगलवार १८:१७ मा प्रकाशित






























