back
CTIZAN AD

कोरोना रोकथामका लागि यस्तो नियम,अब खोक्दा पनि रातो कार्ड

वि.सं.२०७७ साउन २१ बुधवार

711 

shares

२१ साउन, काठमाडौं । विश्वनै कोरोनाको महामारीले आक्रान्त बनेका बेला त्यसको रोकथामका लागि संसारका देशले विभिन्न उपाय अवलम्बन गरिरहेका छन् ।

त्यस्तै एउटा नौलो उपाय फुटवल खेलको क्षेत्रमा सुरु गर्न लागिएको छ ।  फुटवल मैदानभित्र खेलाडीले बारम्बार खोकेको पाइएमा खेलमा गल्ती गरेको नभई खोकेकै कारण रातो कार्ड पाउने भएका छन् ।

समाचार एजेन्सीका अनुसार खेल मैदानमा बारम्बार खोक्ने खेलाडीलाई रेफ्रीले कुनैपनि बेला रातो कार्ड देखाएर मैदान बाहिर पठाउन सक्नेछन् ।

फुटवल संघ (एफए) ले फुटवल खेलाडीमाथि छिट्टै यस्तो नियम लागू गर्न लागेको बताइएको छ ।

दी इन्टरनेशनल फुटवल एसोसिएसनका अनुसार यदि कुनै पनि खेलाडीले खेल मैदानमा खेलाडी, रेफ्रि र खेल संचालकका अगाडि खोकेमा रातो कार्डको सजाय पाउन सक्ने छन् ।

त्यस्तै खेलाडीले कस्तो अवस्थामा खोकेको हो भन्ने मूल्याकंन गर्ने अधिकार रेफ्रिलाई दिइनेछ । यदि खेलाडीले सामान्य अवस्थामा खोकेको छ र त्यसले अन्य कसैलाई पनि दुव्र्यवहार गर्ने उद्धेश्य नभएको अवस्थामा ती खेलाडीमाथि रातो कार्डको नियम लागू हुने छैन ।

साथै कुनै पनि खेलाडीले भौतिक दूरी कायम गरेर खोकेमा यस्तो सजायको भागिदारी बन्नु नपर्ने पनि आएएफबीले जनाएको छ ।

वि.सं.२०७७ साउन २१ बुधवार १०:३१ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...