back
CTIZAN AD

इंग्ल्याण्ड माथि आयरल्याण्डको ऐतिहासिक जित, एक खेलमै ३ खेलाडीले लगाए सतक

वि.सं.२०७७ साउन २१ बुधवार

669 

shares

२१ साउन, काठमाडौँ । इंल्याण्ड र आयरल्याण्ड बिचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्याण्डले इंल्याण्डलाई ७ विकेटले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ ।

मंगलबार बेलुका साउथेम्प्टनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले ४९.५ ओभरमा १० विकेट गुमाएर ३२८ रन बनाएको थियो । इंल्याण्डका कप्तान एयोन र्मोगनले सतक बनाएका थिए । उनी ८४ बल खेल्दैँ १०६ रन बनाएर आउट भएका थिए । आयरल्याण्डका लागि बलिङ्ग तर्फ क्रेग योङ्गले सर्वाधिक ३ विकेट लिए ।

इंल्याण्डले दिएको ३२९ रनको लक्ष्य आयरल्याण्डले ४९.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । आयरल्याण्डका लागि पल स्टर्लिंग र कप्तान एन्ड्र्यू बलबर्नी सतक बनाउन सफल भए । पल स्टर्लिंग १४२ रन बनाएर आउट भएका थिए भने कप्तान एन्ड्र्यू बलबर्नी ११३ रन बनाएर आउट भएका थिए । एकदिवसीय क्रिकेटमा इंल्याण्ड विरुद्ध इंल्याण्डमै कुनै पनि टिमले गरेको यो सबै भन्दा ठुलो सफल रन चेस हो ।

आयरल्याण्डले तेस्रो एकदिवसीयमा जित हासिल गरेता पनि श्रृखला भने इंल्याण्डले २-१ ले जितेको छ ।

वि.सं.२०७७ साउन २१ बुधवार १०:३६ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...