back
CTIZAN AD

अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति

वि.सं.२०७७ साउन २२ बिहीवार

1K 

shares

२२ साउन, चितवान । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन् ।

भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण भइरहेको छ । निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुविधा छैन । चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हालसम्म अनुमति पाएको छैन ।

जिल्लामा परीक्षण गर्न चाहनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी पैसा तिरेर परीक्षण गर्न चाहना राख्नेको सङ्ख्या निकै भएको बताए । उनले भने, “दैनिक धेरै फोन त्यसै विषयलाई सोध्नेको आउने गर्दछ ।” सर्वसाधारणलाई बुझाउनै कठिन हुने गरेको उनले जानकारी दिए ।

यहाँका प्रयोगशालालाई निजी खर्चमा परीक्षण गर्न दिएमा सहज हुने बताइएको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने आफुहरुले रु पाँच करोड ४० लाख खर्च गरेर प्रयोगशाला निर्माण गरे पनि स्वास्थ्य मन्त्रालयले अनुमति नदिएको बताए । प्रयोगशालाका लागि आवश्यक सबै तयारी गरिएको छ । उनले भने, “परीक्षणका लागि दैनिक ५० हाराहारी टेलिफोन आउँछन् ।” अनुमतिको पर्खाइमा कलेज रहेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफुलाई पनि स्वास्थ्य मन्त्रालयको निर्देशिका बाहिरका व्यक्तिले परीक्षणका लागि निकै सोध्ने गरेको जानकारीदिए । उनले भने, “म आज काठमाडौँ जाँदै छु । यस विषयमा मन्त्रालयमा कुरा राख्ने छु ।”

भरतपुर अस्पतालमा दैनिक पिसिआर परीक्षणका लागि सर्वसाधारण आउने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा लुना झाले भरतपुर अस्पतालले हालसम्म रकम तिरेर परीक्षणका लागि माग नगरेको बताए ।

त्यसैगरी चितवन मेडिकल कलेजले हाल माग गरेकाले समय मिलाएर प्रयोगशालाको निरीक्षण गरी मापदण्ड पुगेको पाइएमा अनुमति दिइने उनले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको यही साउन १४ गतेको निर्देशिकाले रुघाखोकी, स्वासप्रस्वासमा समस्या भएका, गन्ध थाहा नपाउने र पखाला लागेकालाई पिसिआर परीक्षण गर्ने उल्लेख छ । त्यसैगरी सङ्क्रमितसँग प्रत्यक्ष भेटघाट भएका, अरु कारण पत्ता नलागेका ज्वरोका बिरामी, सङ्क्रमितसँग प्रत्यक्षरुपमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीको परीक्षण गर्ने निर्देशिकामा उल्लेख छ । यसैगरी १४ दिनभित्र सङ्क्रमण फैलिएको क्षेत्रबाट आएका, सघन उपचार कक्षमा उपचार गराइरहेका, प्रतीरक्षा क्षमता कमजोर भएका, ६० वर्ष नाघेका, शल्यक्रिया गर्न तयारी अवस्थामा रहेकाको परीक्षण गर्ने मन्त्रालयको निर्देशिकामा उल्लेख छ ।

कोरोना सङ्क्रमण भई १४ दिन काटेका तर लक्षण भएकालाई पनि परीक्षण गर्ने गरिएको छ । त्यसबाहेकका व्यक्तिले रकम तिरेर पनि यहाँ परीक्षण गर्ने अवसर नपाएका हुन् । सरकारले राजधानीसहित विभिन्न जिल्लामा रकम तिरेर परीक्षण गर्न चाहनेका लागि अवसर दिएको भए पनि यहाँ दुवै प्रयोगशालाले त्यस अवसर नपाउँदा सर्वसाधारण प्रभावित भएका हुन् । भरतपुर अस्पतालको प्रयोगशालाले निर्देशिकाअनुसारका व्यक्तिको दैनिक १५० हाराहारी परीक्षण गर्दै आएको छ । यस प्रयोगशालाले चितवनसहित १० जिल्लाका नमूना परीक्षण गर्दै आएको छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ११६ पुगेको छ । रासस

वि.सं.२०७७ साउन २२ बिहीवार १०:३२ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...