२२ साउन, बैतडी\बझाङ । हिमाली हिराको नामले चिनिने यार्सागुम्बा संकलन गर्न नपाउँदा कर्णाली र सुदुरपश्चिमका हिमाली जिल्लाका स्थानीय आर्थिक संकटमा परेका छन् ।
वर्षेनी यार्सा संकलनबाट मनग्य आम्दानी गरी वर्षभरी जोहो गर्ने सुदुरपश्चिमको बझङ, दार्चुलालगायतका जिल्लाका स्थानीय मारमा परेका छन् ।
कोरोना भाइरसको कारण लकडाउनपछि यार्सा संकलन हुन नसक्दा हिमाली हिराको नामले चिनिने यार्सागुम्बा हिमालमै बिलाएको छ ।
यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाई खर्च जुट्थ्यो ।
‘यो वर्ष कोरोना भाइरसको संक्रमनका कारण लकडाउन भएपछि न पाटनमा यार्सा टिप्न पाइएको छ, न त जिल्ला भित्रै सहज आवतजावत नै छ,’ बझङ साइगाउँपालिका–४ का दिपक बोहोराले भने, ‘यार्सा संकलन गर्न नपाउँदा रोजिरोटी खोसियो । छोराछोरीको पढाइ प्रभावित हुनेभयो ।’ उत्तरी क्षेत्रका खाद्यान्न कम उत्पादन हुने आयस्रोतका अन्य माध्यम नहुँदा जडीवुटी संकलन नै मुख्य आयस्रोतको आधार भएपनि यो वर्ष कोरोना कहरले सबैलाई समस्यामा पारेको छ ।
कोरोना प्रकोपको कारण यसपाली यार्सा टिप्न स्थानीय प्रसाशनले रोग लगाएपछि यार्सा संकलन हुन नसकेको हो । विहिबारको नागरिक दैनिकबाट
वि.सं.२०७७ साउन २२ बिहीवार १०:१३ मा प्रकाशित






























