back
CTIZAN AD

वलिउडमा फेरि शोक, अर्का अभिनेताले पनि गरे आत्महत्या

वि.सं.२०७७ साउन २२ बिहीवार

951 

shares

वलिवुड अभिनेता शुसान्त सिंह राजपुतको आत्महत्याको घटना सेलाउन नपाउँदै वलिवुड क्षेत्रमा फेरि अर्को शोक परेको छ ।

‘सास भी कभी बहुँ थी’ र घर-घरकी कहानिया सिरियलका चर्चित कलाकार तथा मोडल ४४ वर्षीय समीर शर्मा बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार समीर मुम्बईको मलाड वेस्ट अहिंसा मार्गमा रहेको नेहा सीएचए विल्डिङमा फ्लाट भाडामा लिएर बसेका उनी किचनको पंखामा कपडाले बाँधेर आत्महत्याको अवस्थामा फेला परेका थिए ।

१५ वर्षदेखि टिभी इण्डष्ट्रीको क्षेत्रमा काम गरेका शर्माले के कारणले आत्महत्या गरे भनेर खुलेको छैन । धेरैजसो आत्महत्याका घटनामा सुसाइड नोट पाइए पनि उनको आत्महत्या प्रकरणमा त्यस्तो नपाईएको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।

बुधबार राति नाइट ड्युटीमा रहेका गार्डले उनको शब देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

यस अगाडि स्वास्थ्य समस्यासँग जुधिरहेका समीर लामो समयको उपचारपछि ठिक भएर काममा फर्किएका थिए ।

सासभी कभी बहू थी, वो रहने वाली महलो की, आयुष्मान भवः, इस प्यारको क्या नाम दु ? ए रिस्ते प्यारके, गीत हुइ सबसे पराई लगायतका सिरियलमा काम गरेका समीर इत्तेफाक फिल्ममा पनि अभिनय गरेका थिए ।

२००५ मा ‘दिल क्या चाहता हैं’ नामक सिरियलबाट डेब्यु गरेका समीर २०१४ मा ‘हँसी तो फँसी’ नामक फिल्ममा पनि खेलेका थिए ।

इन्स्ट्राग्राममा यस्तो पोस्ट गर्दै केही दिन अघिदेखि डिप्रेशनबाट गुज्रिएको संकेत दिइरहेका थिए समीरले

वलिवुड अभिनेता शुसान्तको आत्महत्याबारे बैंक स्टेटमेन्टले गर्यो यस्तो खुलासा

वि.सं.२०७७ साउन २२ बिहीवार १४:३० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...