back
CTIZAN AD

प्रचण्ड सचिवालयको स्पष्टीकरण : प्रेस संगठनको भेला बोलाइएको होइन्, प्रेस ब्रिफिङ्ग मात्रै हो

वि.सं.२०७७ साउन २२ बिहीवार

771 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रेस संगठनको भेला नगरीएको स्पष्ट पारेको छ । बिहिबार एक प्रेस नोट सार्वजनिक गर्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले नेकपा बिटमा रिपोटिङ्ग गर्ने पत्रकारसँग भेटघाट मात्रै भएको बताएका हुन् ।

उनले नेकपाभित्रको अन्तरसंघर्षबारे गरिएको गलत प्रचारप्रति नेकपा बिटमा रिपोटिङ्ग गर्ने पत्रकारसँग छलफल गरिएको बताएका छन् । पार्टीभित्रको अन्तरसंघर्षलाई केवल पद लेनदेनको विषय जसरी प्रचार भएकोप्रति नेताहरुले आफ्नो भनाई राखेको जुगले बताएका छन् ।

‘प्रेस संगठन, नेपालको भेला थिएन, मुलतः नेकपा बिटमा रिपोटिङ्ग गरिरहेका पत्रकार साथीहरुसँगको भेटघाट तथा ‘प्रेस ब्रिफिङ्ग’ थियो, ‘जुगलले भनेका छन्, ‘‘जारी अन्तर संघर्ष केवल पद लेनेदेनको मात्रै जसरी प्रचार भयो, त्यो सत्य होइन’, उहाँहरुको भनाईको सार थियो, यही बुझ्न र लेख्नका लागि अनुरोध गरिएको थियो ।’

उनले पत्रकार भेटघाटलाई लिएर उत्तेजित र उद्देलिन नहुन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘त्यो प्रेस संगठन, नेपालको भेला होइन । थिएन । नेताहरुले पत्रकारहरुलाई बोलाएर आफ्ना कुरा भन्दा ‘आकाश खसे जसरी, धर्ती भासिए जसरी’ उत्तेजित र उद्देलित हुन जरुरी छैन ।’

बुधबार बिजुलीबजारस्थित प्रेसिडेन्सियल कलेजमा नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुको उपस्थितिमा बेग्लै भेला भएको थियो । जसमा पत्रकारहरुलाई पनि निमन्त्रणा गरिएको थियो । भेलामा पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले ओलीविरुद्व आक्रामक अभिव्यक्ति दिएका थिए ।

यस्तो छ प्रचण्डका प्रेस संयोजक जुगलको प्रेस नोट

प्रिय साथीहरु !

हिजो (२१ साउन २०७७) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष क. प्रचण्ड, वरिष्ठ नेताद्धय क.झलनाथ खनाल, क.माधवकुमार नेपाल र प्रवक्ता क.नारायणकाजी श्रेष्ठको उपस्थीतिमा भएको ‘प्रेस भेटघाट’ पछि केही उत्तेजनापूर्ण अभिव्यक्तिहरु सुन्नमा आएको छ । केही साथीहरुले यसलाई प्रेस संगठन, नेपालको भेलाको रुपमा गलत प्रचार गरेका छन् । तर, सत्य त्यो होइन ।

१) पहिलो, त्यो प्रेस संगठन, नेपालको भेला थिएन । मुलत: नेकपा बिटमा रिपोटिङ्ग गरिरहेका पत्रकार साथीहरुसँगको भेटघाट तथा ‘प्रेस ब्रिफिङ्ग’ थियो । अझ बढी अनलाइनसँग सम्बद्ध साथीहरुको बढी सहभागिता थियो । त्यो कार्यक्रम नेताहरुले प्रेस संगठन, नेपाल भनेर एक शब्द पनि उच्चरण समेत गर्नुभएको छैन, न त कुनै प्रेस संगठन नेपालका नेताहरु नै बोल्नुभएको थियो । बरु प्रेस संगठन, नेपालको कमिटिमा आबद्ध साथीहरुलाई बोलाइएको थिएन । नेकपाबिटमा लेखिरहने साथीहरुलाई बोलाइएको थियो ।

२) दोस्रो प्रचार गरिए जस्तो नेताहरुले कुनै समूह अथवा नेता बिरुद्ध लेख्न पनि भन्नु भएको छैन । बरु, उहाँहरुको चिन्ता थियो, ‘जारी अन्तर संघर्ष केवल पद लेनेदेनको मात्रै जसरी प्रचार भयो । त्यो सत्य होइन ।’ उहाँहरुको भनाईको सार थियो,‘जारी अन्तरसंघर्ष केवल पदीय लेनदेनको मात्रै होइन यो पार्टीभित्र विधि र पद्धति स्थापना गर्ने बिषयसँग सम्बन्धित संघर्ष हो । विचार र संगठनसँग सम्बन्धित बिषय हो । यो फुटका लागि होइन रुपान्तरणका लागि हो ।’ मात्रै यही बुझ्न र लेख्नका लागि अनुरोध थियो, कोही नेता बिरुद्ध लेख्न अपिल गरिएको भन्ने प्रचार गलत हो ।

र अन्तमा, फेरि पनि भनौं, त्यो प्रेस संगठन, नेपालको भेला होइन । थिएन । नेताहरुले पत्रकारहरुलाई बोलाएर आफ्ना कुरा भन्दा ‘आकाश खसे जसरी, धर्ती भासिए जसरी’ उत्तेजित र उद्देलित हुन जरुरी छैन ।

वि.सं.२०७७ साउन २२ बिहीवार १५:३१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...