back
CTIZAN AD

सरकारले तत्काल मुलुकव्यापी लकडाउन गर्दैन : सरकार प्रवक्ता

वि.सं.२०७७ साउन २२ बिहीवार

723 

shares

काठमाडौं । सरकारले मुलुकव्यापी लकडाउन तत्काल नगर्ने भएको छ । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एंव अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले मुलुकव्यापी लकडाउन तत्कालै नहुने बताएका हुन् ।

उनले जोखिमको अवस्था हेरेर कतिपय सेवाहरु रोक्न सक्ने तर लकडाउन नगर्ने स्पष्ट पारे । खतिवडाका अुनसार यसअघि भएजस्तो लकडाउन अब हुनेछैन् ।

‘अहिलेको लागि नेपाल सरकारले जहाँ संक्रमणको जोखिम देख्दैन् त्यहाँ खुकुलो गर्दै जान्छ, जहाँ संक्रमणको जोखिम बढि देख्छ ती ठाउँहरुमा तत्कालै कतिपय सेवाहरु रोक्दै जानुपर्ने हुन्छ’, खतिवडाले भने, ‘मुलुकव्यापी रुपमा नेपाल सरकारले अहिले नै सबैतिर लकडाउन (चैत्र ११ देखि) जसरी गएका थियौं त्यो विधिबाट जाने तर्फ सोंचेको छैन् तर परिस्थिति भयो भने स्थानीय तहमा जिल्ला प्रशासनले पनि यो कदम चाल्न सक्छ ।’

‘अहिलेको लागि नेपाल सरकारले जहाँ संक्रमणको जोखिम देख्दैन् त्यहाँ खुकुलो गर्दै जान्छ, जहाँ संक्रमणको जोखिम बढि देख्छ ती ठाउँहरुमा तत्कालै कतिपय सेवाहरु रोक्दै जानुपर्ने हुन्छ’, खतिवडाले भने ।

खतिवडाले जनाएअनुसार जोखिम क्षेत्र हेरेर अहिले पनि २ दर्जन तहमा बन्दाबन्दी भएको छ । उनले बताएअनुसार अब लकडाउन नै भइहाल्छ भनेर त्रसित हुनुपर्दैन् ।

‘झण्डै दुई दर्जन तहमा कुनै न कुनै रुपको बन्दाबन्दी गरिएकै छ, त्यसकारण अहिले नै हामी अलि त्रसित भएर पूर्णं लकडाउन हुन्छ कि भनेर जानुपर्ने स्थिति छैन्, अहिले नै संस्त्रस्त नहुन सबैलाई आह्वान गर्दछु’, खतिवडाले भने ।

सरकारले कोरोना संक्रमण बढेसँगै बिहिबारदेखि अत्यावश्यक बाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागु गरेको छ । अन्तरजिल्ला प्रवेशमा रोक लगाएसँगै काठमाडौं उपत्यका प्रवेशमा समेत कडाई गरेको छ ।

वि.सं.२०७७ साउन २२ बिहीवार १७:४३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...