२२ साउन, काठमाडौं । भारतमा करेन्ट लागेर दुई नेपाली युवाको मृत्यु भएको छ ।
भारतको हरियाणा राज्यको हिसार जिल्लाको हाँसीमा रहेका पाल्पा र अर्घाखाँचीका दुई युवाको करेन्ट लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेको पाल्पाको रैनादेवी छहरा गाउँपालिका जोगदमारका ३२ वर्षका गोपाल सारु र अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं २ पातल ढुंग्रेका २३ वर्षीय गुन बहादुर रानाको मृत्यु भएको हो ।
अगस्त ३ तारिख रक्षाबन्धनको दिन खाना खाएर पंखा चलाएर सुतेका उनीहरु पंखामा आएको हाइ भोल्टेजका कारण उत्पन्न भएको करेन्टका कारण मृत्यु भएको बताइएको छ ।
मुलप्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर कमिटीका सचिव तारा सोमरेका अनुसार मृतकमध्ये गुन बहादुरले आफ्नै ठेला संचालन गरेर बसेका थिए भने लोक बहादुर एक होस्टलमा कार्यरत थिए ।
उनीहरुको शबको अगस्त ४ का दिन सिविल अस्पताल हाँसीमा पोस्टमार्टम गराई दाहसंस्कार गरिएको पनि सोमरले जानकारी दिएका छन् ।
‘२३ वर्षको अवधिमा अत्यन्तै दुःखदपुर्ण घटना भएको महसुस मैले गरेको छु । एउटै समयमा २ जना युवा साथीको दाहसंस्कारमा सहभागी हुनुपर्दा मलाई अत्यन्तै दुःखी बनाएको छ ।’ समरेले भने ।
वि.सं.२०७७ साउन २३ शुक्रवार १३:३१ मा प्रकाशित






























