back
CTIZAN AD

अब अदालतमा जाँदा पिसीआर रिर्पोट अनिवार्य

वि.सं.२०७७ साउन २५ आइतवार

891 

shares

२५ साउन, काठमाडौँ । कोरोना संक्रमणको प्रभाव भयावह बनिरहेका बेला विशेष अदालतले भ्रष्टाचारका मुद्धासँगै अनुसन्धान अधिकृत र अभियुक्तको पीसीआर रिपोर्ट अनिवार्य ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई परिपत्र गरेको छ ।

अख्तियारका ३७ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि विषेशले यस्तो पत्र लेखेको हो ।  पत्र अनुसार आइतबारदेखि अख्तियारले मुद्धासँगै पीसीआर रिपोर्ट पनि सँगै पेस गर्नुपर्छ । दुईसय ८२ जनाको स्वास्थ्य परीक्षण गरिएकामध्ये अख्तियारमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । गत चैत ११ गते यता मात्रै अदालतमा एकसय भन्दा बढी मुद्धा दर्ता गरिएको छ ।

सबै भन्दा बढी जोखिम घुस लेनदेनको स्ट्रिङ अप्रेसनमा हुने खतरा छ । आरोपितलाई समात्न प्रहरी कर्मचारी सँगै कारोबार हुने थलोमा पुग्नुपर्ने भएका कारण बढी जोखिम भएको हो ।

अख्तियारका कर्मचारीमा संक्रमण देखिएपछि विशेषले पनि फ्रन्ट लाइनमा काम गर्ने कर्मचारीको पीसीआर परीक्षण गराएको थियो । तर, विशेषका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ देखिएको छ ।

विशेष अदालतले सोही व्याहोराको पत्र सम्पति शुद्धिकरण अनुसन्धान विभाग र भ्रष्टाचारका मुद्धामा अख्तियारको प्रतिरक्षा गर्ने विशेष सरकारी वकिलको कार्यलयमा पनि पठाएको पनि आइतबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

विशृषका रजिष्ट्रार अशोककुमार क्षेत्रीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृत, अभियुक्तसँगै सुरक्षाकर्मीको पीसीआर पनि अनिवार्य ल्याउन भनिएको बताए ।

वि.सं.२०७७ साउन २५ आइतवार १०:१२ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...