back
CTIZAN AD

गाउँपालिकाका लेखापालले राखे २५ लाख सरकारी पैसा आफन्तको खातामा

वि.सं.२०७७ साउन २५ आइतवार

837 

shares

२५ साउन, रुकुम पश्मि । रुकुम पश्मिको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी पैसा आफ्नो र आफन्तको खातामा राखेको पाइएको छ ।

जनप्रतिनिधि र स्थानीय बसिन्दाले विरोध गरेपछि व्यक्तिगत खातामा राखेको फिर्ता गरेका छन् ।

तैपनि आर्थिक नियमितता गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयले छानविन सुरु गरेको छ । गत आर्थिक ०७६\७७ मा विभिन्न योजनाको भुक्तानी दिन बजेट नपुगेपछि गाउँ कार्यापालिकाको बैठकमा जनप्रतिनिधिले प्रश्न उठाएका थिए । सम्झौता भएर काम सम्पन्न भएका योजनाको भुक्तनीका लागी कसरी बजेट अपुग भयो भन्ने विषयमा खोजविन सुरु गरिएको थियो ।

त्यसपछि लेखापाल केसीले पेस्की रकम भन्दै २४ लाख ९२ हजार तीन सय ७२ रुपैयाँ आफू र आफ्ना नातेदारको खातामा जम्मा गरेको खुलेको आइतबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

‘बजेट अपुग भएको भनिएपछि कार्यपालिकाबाट खोजविन सुरु भएको थियो, हिसाबकिताब खोज्ने क्रममा लेखाको स्रेस्ता हेर्दा त व्यक्तिगत खातामा राखेको पाइयो,’ छानविनमा संलग्न एक जनप्रतिनिधिले भने ।

गाउँपालिकाले छानविनका लागी सात सदस्यीय समिति गठन गरेको थियो । लेखापाल केसीले आफ्नी पत्नी विर्मा केसी र भतिजा सुबास केसीको खातामा पैसा राखेको पाइएको हो । उनकी पत्नी विर्मा वडा नं.५ की वडासदस्य हुन भने भतिजा सुबास लेखा सहयोगी हुन् ।
लेखापाल केसीको खातामा आठ लाख, उनकी पत्नीको खातामा आठ लाख ८६ हजार र भतिजाको खातामा सात लाख ९१ हजार राखेको पाइएको हो ।

‘कार्यपालिकाको बैठकमा गाउँपालिकाको रकम कसरी व्यक्तिगत खातामा गयो भनेर केरकार गरेपछि फिर्ता गरेका छन्,’ गाउँपालिका प्रवक्ता कर्णबहादुर खड्काले भने । १६ साउनमा सात लाख ८२ हजार पाँच सय ९५ रुपैयाँ, १९ साउनमा दुई पटक ६ लाख र ८ लाख ५९ हजार सात सय ७७ तथा २१ साउनमा दुई लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा जम्मा गरेको खड्काले बताए ।

वि.सं.२०७७ साउन २५ आइतवार १०:३८ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...